७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

नेपालबाट ‘केयर गिभर’ पठाउन इजरायलसँग सम्झौता

admin
७ आश्विन २०७७, बुधबार २१:३०
44 Views

काठमाडौं । सरकारले इजरायलसँग श्रम सम्झौता गर्ने भएको छ । यसअघि भएको श्रम समझादरी (एमओयू) प्रभावकारी नभएपछि सरकारले नयाँ श्रम समझौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अख्तियारी दिएको छ । यसअघि भएको समझदारी अन्योलपूर्ण र निष्प्रभावी देखिएपछि सरकारले नयाँ समझौता गर्न लागेको हो ।

परराष्ट्रमन्त्री तथा सरकाकरा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरी श्रम सम्झौता हुन लागेको हो । ‘इजराययलमा मुख्यगरी केयर गिभरका रुपमा नेपाली कामदार पठाउने गरी सम्झौता हुन्छ,’ मन्त्री ज्ञवालीले भने,’नेपाली कामदारलाई इजरायलकै श्रमिकसरहको सेवा विधा दिने व्यवस्था हुनेछ ।’

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसअघि २०१५मा सरकारी तवरबाट श्रमिक पठाउने गरी समझदारी गरिसकेको थियो । तर, सो समझदारीबाट नेपालले खासै लाभ लिन सकेन । इजरायलले नेपालबाट सीमित संख्यामा ‘केयर गिभर’ मात्रै लैजाने गरेको छ । अहिल पनि त्यसैअनुसार केयर गिभर लैजाने गरी नै श्रम समझदारी हुन लागेको छ ।

यसअघि कामदार लैजानेबारे भएको एमओयूमै त्रुटि र कमजोरी थिए । इजरायलले घरमा बस्ने वृद्धवृद्धालाई हेरविचार गर्ने केयर गिभर मात्रै नेपालबाट लैजान्छ । यसअघि सरकारी स्तरमा भएको सम्झौतामा पर्याप्त कामदार लैजाने विषय उल्लेख थिएन । त्यसैका कारण इजरायलले पनि न्यून संख्यामा मात्रै कोटा पठाइरहेको थियो । तर, पछिल्ला ३ वर्षमा भने इजरायलले कुनै पनि कामदारको माग पठाएको छैन ।