६ कार्तिक २०७८, शनिबार / Oct 23, 2021

चिनियाँ नाका बन्द नहुने गरी खोल्ने

admin
८ आश्विन २०७७, बिहीबार ०७:००
78 Views

काठमाडौं । चिनियाँ नाकामा देखिएको समस्या दीर्घकालीन समाधानको लागि प्रयास भइरहेको उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताएका छन् । नाका चाडो भ न्दा चाडो पूर्ण रुपमा सञ्चालन हुने उनकाे भनाइर छ । काेरोनाको कारण देखाउँदै १० महिना यता चिनियाँ नाका बन्द रहेका छन् । नाका बन्द हुँदा नेपाली व्यापारीहरुले मगाएका १२ सय भन्दा धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । लामो समयदेखि नाकामा सामान रोकिँदा कतिपय सड्ने, गल्ने अवस्थामा पुगिसकेको व्यापारीहरुको गुनासो छ ।

सामान नाकामै रोकिए पछि पछिल्लो समय व्यवसायीहरुले सामान छुटाएर नाका सहज बनाइदिन सरकारसँग माग गर्दै आएका छन् । समस्या स्याउ र प्याज ल्याउनेको मात्रै छैन, चैत-वैशाखको गर्मीका लागि भनेर व्यवसायीले ल्याएको एक अर्ब हाराहारीको लत्ताकपडा पनि बाटोमै छ ।

लामो समय बाटोमै अलपत्र कपडा पनि बिग्रिएर र फेसन-आउट भएर मिल्काउनुपर्ने अवस्थामा आउन लागेको हिमालय सीमापार वाणिज्य संघको भनाइ छ । नाका सहज बनाइदिन आग्रह गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सरकारका अधिकारीहरु तथा सत्ता पक्ष तथा प्रतिपक्ष दलका नेताहरुलाई समेत भेटेर ध्यानाकर्षण गराएका थिए ।

Latest समाचार