२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

डाक्टर केसीको पक्षमा वीरगञ्जका चिकित्सक, हातमा कालोपट्टी

admin
८ आश्विन २०७७, बिहीबार ०५:०५
45 Views

वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ । शाखा सचिव उदय नारायण सिंहले विज्ञप्ति जारी गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।

१९ बुँदे माग अघि सार्दै डा. केसीले जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौर स्थित बाविरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि अनसन सुरु गरेका हुन् । स्वास्थ्य विग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ ।

Latest समाचार