२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

डा. इवामुरा अस्पताल घेराउ

मंगल बास्काेटे
१५ आश्विन २०७७, बिहीबार ०६:२८
67 Views

अंजिर सिंह/काठमाडाैं । डा. इवामुरा अस्पताल भक्तपुरले विरामीको इन्डोस्कोपीमा लापरवाही गरेको भन्दै पीडित पक्षले अस्पताल घेराउ गरेको छ । ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको इन्डोस्कोपी गर्दा लापरबाही गरेको भन्दै उनको ज्यान जोखिममा परेको पीडित परिवारले आरोप लगाउदै अस्पतालमा घेराउ गरेको हो ।

चिकित्सकको हेलचक्रयाइँपूर्ण इन्डोस्कोपीका कारण मुटुमा क्षति पुगेकाे परिवारले आरोप लगाएकाे छ । डा. इवामुरा अस्पतालले विरामीको मृत्यु भयो भनेर पठाएकोमा अहिले नर्भिक अस्पतालमा अन्तिम अवस्थामा मृत्युसँग लड्दै भेन्टिलेटरमा उपचार भइरहेको पीडित परिवारले बताएको छ ।

अस्पतालले पटक पटक यस्तो घटना दोहर्याएका कारण अस्पताल घेराउ गर्नु परेको पीडित पक्षले जनाएको छ । अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएकाे छैन ।

Latest समाचार