१९ बैशाख २०७८, आईतवार / May 2, 2021

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछि भजनीका अत्यावश्यक काम बाहेकका सेवा ठप्प 

मंगल बास्काेटे
१५ आश्विन २०७७, बिहीबार १६:२६
121 Views

कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द रहेको छ । भजनी नगरपालिका कार्यवाहक नगर प्रमुख छायाँ देवकोटाले सूचना जारी गर्दै भजनी प्राथामिक स्वास्थ्य केन्द्रमा सेवारहि अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हुँदा संक्रमण समुदाय स्तरमा फैलिन नदिनका लागि भजनीनगरपालिका र ९वटा वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभए सम्म का लागि बन्द गरिएको बताएको छ । सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरबासीमा अनुरोधसमेत गरेकी छन् ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि एक सूचना जारी गर्दै प्रसुुती सेवा बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ।

Latest समाचार