३ कार्तिक २०७८, बुधबार / Oct 20, 2021

कैलालीको भजनीका बाढी पिडितहरुलाई राहत बितरण

मंगल बास्काेटे
१६ आश्विन २०७७, शुक्रबार १२:१४
187 Views

खेम पाण्डे
भजनी-१६ असोज
कैलालीको भजनीका बाढी पिडितहरुलाई राहत बितरण गरिएको छ । शुक्रवार भजनी नगरपालिका वडा ३ का बाढी पीडितहरुलाइ राहत सामग्री वितरण गरिएको हो ।कमैया प्रथा उन्मूलन समाज र ख्रीष्टियणन एडले सहयोग गरेको राहत सामाग्री शुक्रवार नगर उप-प्रमुख छाया देवकोटा र वडा न ३का वडा अध्यक्ष विक्रम चौधरीले ४९ घरपरिवार लाइ राहत बितरण गरेका थिए। भजनि नगरपालिका ३ का विभिन्न टोलहरु मा राहत सामाग्री वितरण गरिएको छ। धुसि,विपिनगर,पकडियापुर,बद्रुवाफाटा,दैलेखिटोलर नयाँ बस्ती लगायतका ठाउँमा राहत सामग्री १९ प्रकारको सामाग्री दिएको छ। भजनि नगरपालिकाको समन्वय तथा कमैया प्रथा उन्मूलन समाज र त्रिष्चियन एडबाट प्राप्त राहत पाउँदा बाढी प्रभावित निकै खुसी भएका छन ।