२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

पत्रकारलाई बाहिर राखेर मिडिया बिधयक पास हुदैन : कानुन मन्त्री शाह

मंगल बास्काेटे
१७ आश्विन २०७७, शनिबार १४:१९
192 Views

मिडिया बिधयक पत्रकारलाई बाहिर राखेर पास नहुने सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताएका छन ।
कैलालीको लम्कीमा नेपाल फोटो पत्रकार महासंघ कैलालीको तेस्रो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शाहले मिडिया बिधयकका बिषयमा बिरोध भएको हुदा सम्पुर्ण पत्रकारहरुलाई राखेर मात्र पारित गरिने मन्त्री शाहले बताएका हुन । सुदुरपश्चिम प्रदेश सरकार पत्रकारहरुका समस्या र सरकार पक्ष हुने कुरामा निरन्तर लागी रहेको मन्त्री शाहले बताए । कोरोना जस्तो महामारीमा बिभिन्न मिडिया आबद्ध पत्रकारको प्रदेश सरकारले १५ लाख जोखिम बहन अनुसारको बिमा गरेको समेत जानकारी गराएका छन । सम्पुर्ण पत्रकारहरुले आफ्नो पेसा धर्ममा अडिक रहेर कर्म गर्न पनि मन्त्री शाहले आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका महासचिब योगश रावलले पत्रकारीता क्षेत्र मध्यको फोटो पत्रकारीता असाध्यै महत्वका महत्वपुर्ण क्षेत्र भएको हुदा निश्पक्ष र कर्मठ भएर काम गर्न सम्पुर्ण फोटो पत्रकारहरुलाई सुझाब दिएका छन । पत्रकारीतालाई जिम्मेवार र मर्यादित बनाउनका लागि सरकारको पनि उत्तिकै दायित्व भएका उनले बताए । पत्रकारको पेशागत सुरक्षाका लागि सरकारले अबिलम्ब ब्यवस्था गर्न सरकार संग आग्रह गरे ।
पछिल्लो समय पत्रकारको नाममा देशमा युबटुबे सक्रिय भएको महासचिब रावलले बताए । युवटुबेहरु सक्रिय भए पछि अमर्यादीत पत्रकारीता बढ्दै गएका छ उनले भने ः पत्रकारीताको सामान्य आचार संहितालाई ध्यानमा नराख्दा अहिले मर्यादीत पत्रकारीता गर्नेबाट समेत सामाज सशंकित भएको छ ।अबैधानिक युबटुब चलाउने युबटुबेहरुका कारण सिङ्गो पत्रकारीता जगत नै बदनाम भएकोले यस्ता पत्रकारीताको खोल ओडेकालाई महासंघले कारबाही गर्ने उनले बताए ।
दबियर,कुल्चिएर रहेका आवाजहरुलाई बुलन्द पर्ने राष्ट्रको चौथो अंग पत्रकारीता समाजको ऐना भएका लम्कीचुहा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनले बताएका छन । सुचना र बिज्ञापन भन्दा पनि अन्याय अत्याचार बिरुद्द पत्रकार शसक्त हुन आवश्यक रहेको उनले बताए।अहिलेको
पत्रकारीतामा राजनीतिक पुर्वाग्रह देखिदा पत्रकारबाटै जनता भ्रमित भएको उनले बताए।

Latest समाचार