७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

कोरोना संक्रमणबाट कञ्चनपुरकी एक २९ बर्षिया महिलाको मृत्यु

मंगल बास्काेटे
१८ आश्विन २०७७, आईतवार १३:०८
324 Views

सेती प्रादेशिक अस्पतालबाट  रेफर गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालबाट रेफर भएपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो।उनी कञ्चनपुरको  पुर्नवास  नगरपालिका वडा नम्वर -२ निवासी २९ वर्षीया महिला हुन्। यसअघि नेपालगञ्ज मेडिकल कलेजले मृतकको ठेगाना भीमदत्त नगरपालिका रहेको जानकारी दिएकोमा उनको स्थायी ठेगाना भने पुर्नवास नगरपालिका वडा नम्वर २ रहेको खुलेको छ । सेती प्रादेशिक अस्पतालमा जुम्ल्याह बच्चा एक छोरा र एक छोरीलाई जन्म दिएकी महिलामा असोज १४ गते  कोरोना पुष्टि भएको र त्यस क्रममा उच्च रक्तश्राव भएपछि  उनलाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरि पाठेघरको अपरेसन गरिएको  थियोे  ।

कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज असोज १४  गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि १६ गते रेफर गरिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएकोमा उनको आज बिहान साढे ४ बजे मृत्यु भएको पुर्नवास नगरपालिकाका  स्वास्थ्य  साखाका प्रमुख  राम धामीले बताए  ।पश्चिम टुुडे