१८ बैशाख २०७८, शनिबार / May 1, 2021

भजनीमा गत असोज ९ गतेबाट सुरु भएको बृहत् फुटबल प्रतियोगिता आईतवार सम्पन्न ,उपाधी बौनिया युवा क्लबलाई

मंगल बास्काेटे
१८ आश्विन २०७७, आईतवार १३:५२
210 Views

खेम पाण्डे
भजनी-१८ असोज

कैलालीको भजनी नगरपालिकामा आसोज ९ गते देखि सुरु बृहत् फुटबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ । युवाहरुको सर्वाङ्गिण बिकास र खेलकुद गतिविधिमा जोड दिनका लागि आयोजना गरिएको बृहत् फुटबल प्रतियोगिता आईतवार सम्पन्न भएको हो । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिताको प्रथम उपाधी बौनिया युबा क्लबले हात परेको छ भने दृतीय उपाधी वटनपुर युवा क्लब टिकापुरले आफ्नो पोल्टामा पारेको छ । प्रथ
हिन्दू हरुको महान् चाड विजयादशमी दशैं अवसरमा सन्चालन गरेको फुटबल प्रतियोगिता २०७७ म प्रथम हुने क्लबले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दृतिय हुने क्लबले नगद रु १५ हजार प्राप्त गरेको हो ।
जिन्दा लाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि डा रणबहादुर रावल , विशिष्ट अतिथि बडा ८का अध्यक्ष पकज चौधरी, अतिथि मा विर बहादुर हमाल बडा सदस्य कृष्ण लाल धमाला, DABC Nepal जया प्रसाद ढुंगाना लगायतक अतिथि हरु को उपस्थित रहेको थियो। स्वागत मन्तव्य मोहन कुमार चौधरी, मन्तव्य विर बहादुर हमाल पकज चौधरी , गणेश ओझा, प्रकास साउद,लगायतका अतिथी हरु मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि डा रणबहादुर रावल ले यस क्षेत्रको खेलकुद बिकासका लागी प्रदेश सरकारबाट हुने सहयोग प्रदान गर्ने आश्वासन दिनु भएको छ । साथै यो क्षेत्रको बाढी प्रभावित क्षेत्रले धेरै छती गरेको हुदा यस क्षेत्र लाइ नदी किनारमा तटबन्ध निर्माणमा व्यवस्था गर्ने र चाडै रानी जमरा सोचाइले सुरु गर्ने लागिसकेको जानकारी दिनु भएको छ । कार्यक्रम को सञ्चालन ज्ञान बाहादुर रावलले गर्नु भएको थियो।

Latest समाचार