६ कार्तिक २०७८, शनिबार / Oct 23, 2021

टीकापुर ७ बैदी ढुंगाना टोलमा डल्फिन संरक्षण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना

मंगल बास्काेटे
१९ आश्विन २०७७, सोमबार ०९:३३
228 Views

खेम पाण्डे
भजनी–१९असोज
कैलालीका टीकापुर नगरपालिका वडा न.७ ढुङ्गाना टोलमा डल्फिन संरक्षण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । टीकापुर नगरपालिका वडा ७ को आर्थिक सहयोग र डल्फिन,जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा वडा नं.७ ढुंगानाटोल, बैदिमा डल्फिन संरक्षण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षता आयोजना गरिएको कार्यक्रमका प्रमुख अथिति टिकापुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामलाल डगौरा रहेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष डगौरा थारुले डल्फिन क्षेत्रको बिकासको लागी सबै एकताबद्ध भएर हातेमालो गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताएका छन । डल्फीन क्षेत्रको सरक्षण र बिकास निमित्त स्थानीय सरकार नगरपालिका,वडा कार्यालयबाट हुन सम्पुर्ण सहयोगका लागी तयार रहेको वडा अध्यक्ष डगौरा थारुले बिश्वास ब्यक्त गरे ।
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका उपाध्यक्ष कल्पना ढुंगानाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा भजनी नगरपालिका वडा नं.८ का वडा सदस्य कृष्णलाल धमाला, टिकापुर नगरपालिका वडा नं.७का वडा सचिव लोक बहादुर बुढा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । २५ जना संरक्षणकर्मीहरु लाई प्रशिक्षण भोज राज ढुंगाना र जय प्रसाद ढुंगानाले गर्नु भएको थियो।

Latest समाचार