७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

सहज युवा क्लवलाई खेलकुद सामाग्री सहयोग

मंगल बास्काेटे
२३ आश्विन २०७७, शुक्रबार ११:४६
1012 Views

लम्की–२३ असोज
कैलालीको लम्कीचुहा नगरपालिका वडा न. ५ मा रहेको सहज युवा क्लवलाइ एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । जमुना देबि कन्ट्रक्सन प्रा.लि को सहयोगमा प्राप्त भएको खेलकुद सामाग्री क्लबलाई हस्तान्तरण गरिएको हो । कोरोना नियन्त्रणका लागी गरिएको लगडाउनका कारण लामो समय देखि बन्द अबस्थामा रहेको खेलकुद गतिबिधि नेपाल पुलिस क्लबका कप्तान भरत शाह आए पछि सुचारु भएको छ ।
वडा नं.५ मा खेलकुद गतिबिधि सञ्चालन गर्नका निमित्त आवश्यक पर्ने सामाग्रीको अभाबलाई मध्यनजर गर्दै जमुना देबि कन्ट्रक्सन प्रा.लि ले क्लबलाई खेलकुद सामाग्री सहयोग गरेको बताईएको छ ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नं.५ बाट उदायका खेलाडी नेपाल पुलिस क्लबका कप्तान भरत शाहले खेलकुद क्षेत्र स्वास्थ्य र मनोरञ्जन मात्र नभइ युवाहरुको भबिष्य निमाण गर्ने थलो भएको बताएका छन । खेलकुद क्षेत्रलाई युवाहरुले गम्भिर रुपमा लिन सके ब्यवसायीक खेलाडी भएर प्रगती गर्न सकिन्छ उनले भने ः खेलकुदको बिकास र राम्रो खेलाडी उत्पादनका निमित्त एक ब्यक्ती भन्दा पनि समुदाय र सरकारको सहकार्य अति आवश्यक भएकाले खेलकुद र खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पुर्ण पुर्वाधार सरकार पक्षबाट उपलब्ध गराउन आवश्यक छ उनले भने ।
वडा नं.५ को खेलकुद बिकासका लाली आफु सदैब तयार रहेको वडा नं.५ का वडा अध्यक्ष माया बिष्टले बताएकी छन । हिजोका दिन देखि अहिले सम्म आवश्यकता अनुसार वडा कार्यालयले काम गरिरहेको उनले बताईन ।
सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा सञ्चालन भएको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा समाजसेबि कमल बहादुर बटाला,टिम म्यानेजर दिपेन्द्र बटाला,नगर प्रशिक्षक देशराज चौधरी लगाएतले मन्तब्य राखेका थिए ।
खेलकुद सामाग्री अन्तरगत टि–सर्ट २० पिस,मोजा २० पिस,क्याप्टेन क्लब्स लगाएतका बितरण गरिएको हो ।

Latest समाचार