१४ फाल्गुन २०७७, शुक्रबार / Feb 26, 2021

गायिका हेमन्ता भट्टराई छिट्टै “बौनियामा साहरा घर” ल्याउदै

मंगल बास्काेटे
२५ आश्विन २०७७, आईतवार १५:१२
414 Views

लम्की–२५ असोज
चर्चित लोकदोहोरी गायिका हेमन्ता भट्टराईले कैलालीको बर्दयोरियामा रहेको साहरा घरको जिवन कथामा आधारित निकै मार्मिक गित बजारमा ल्याउने भएकी छन । गायिका भट्टराईले साहारा घरको वास्ताबिक्तालाई गित मार्फत आम नेपालीमा देखाउने प्रयास गर्दै “बौनियामा साहरा घर” बोलको गित भिडियो सहित दर्शक माझ ल्याउने तयारी गरेकी हुन ।


साहरा घरको दैनिकी त्यहा बस्ने बेसाहराको अबस्था र साहरा घरका अभिभाबक बल बहादुर बिष्टको
योगदान छर्लङ्छ देखाउने प्रयास गरिएको गितको छायाङ्कन समेत बौनिया स्थित साहरा घरमै गरिएको छ ।


गायिक भट्टराईले लम्की खबर संग कुराकानी गर्दै भनिन् साहरा घरको ईतिहास संगै बर्तमान समस्या, चुनौती र दैनिकीलाई गितमा आटाउने कोशिस गरेकी छु । अहिलेको २१ औ शताब्दीमा आईसक्दा सहयोग,दान,भरोजा जस्ता कुराहरु मात्र नाटकमा देखिने गर्दछन उनले भनीन् ः“सस्तो लोकप्रियता कमाउनका लागी मात्र धेरैले समाजसेवा,मानबता र धर्मका नाममा क्षणिक खोक्रा कामहरु गरेको देखिए पनि साच्चै आत्मै देखि भने गरेको देखिदैन,” स्वार्थ र कु–कर्मले भरिएर मानवता हराउदै गएको यो समाजमा मानवता जोगाउन लागि परेका साहारा घरका अभिभाबक बल बहादुर बिष्टबाट प्रेरित भएर गितबाटै मावनताको सन्देश दिन खोजेको उनले बताईन् ।
कुनै ब्यक्ति दिबंगत भईसके पछि मात्र उसले गरेको काम र योगदानको बिषयमा प्रशंसा गर्ने हाम्रो समाजको प्रलन हो उनले भनिन् ,“तर मैले यो समाजबाट अलि माथी उठेर बास्तबिक मानबिय सेवामा सर्मित जिवित ब्यक्ती बल बहादुर बिष्टको संगितको माध्यामबाट खुलेर प्रसाशा गरेकी छु ।”


यो गितले समाजमा मानवीयता जोगाउन थप प्रेरण मिल्ने उनको बिश्वास ब्यक्त गरिन् ।
गितको भिडियोमा साहरा घरमा रहेका मानसिक सन्तुलन गुमाएका ब्यक्तीको सडक जिवन,सडकमा हुदा उनलार्ई सामाजले गर्ने दुब्र्यहार र साहरा घरमा ल्याए पछिको जिवनलाई कलाकारको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।
भिडियोमा साहारा घरका असहाय तथा मानसिक सन्तुलन गुमाएकाको भुमिका कलाकार भिम बिष्ट, झरना बोहरा र गुड्डु ओलीले निर्वाह गरेका छन ।

Latest समाचार