सुदिप बि.क
टीकापुर–२५ असोज
भारतको महाराष्ट्रबाट एक नेपाली महिला बेपत्ता भएकी छन । भारत महाराष्ट्रको न्यु मुम्बईमा परिवार सहित बस्दै आएकी नेपाली महिला परिवारको कुटाई पछि बेपत्ता भएकी हुन । नेपाल घर कैलालीको टीकापुर नगरपालिका वडा नं.२ घर भएकी २५ बर्षिया डिम्पल सुनार श्रीमान सहित सम्पुर्ण परिवारको कुटपिट पछि घर छोडेर भागेको र अहिले सम्म कसैको सम्पर्कमा नआएको बताईएको छ ।
यहि असोज २१ गते श्रीमान राजेश सुनार सहित उनका सासु,ससुरा,देवरदेवरानी लगाएतकाले बिभिन्न आरोपप्रत्यारोप लगाएर मानसिक यातना दिदै डिम्पललाई कुटपिट गरे पछि उनि सहन नसकेर घर छोडेर भागे पछि बेपत्ता भएको माईती पक्षले बताउदै आएका छन ।
बिगत ६ दिन देखि बेपत्ता भएकी डिम्पल अहिले सम्म कसैको सम्पर्कमा नआएको र फेला पार्नु हुने महानुभावले भारतमा रहेका नेपाली तथा अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्रको कार्यालय भारतको सम्पर्क नं.९०८२३३७५०३ र नेपाल नेपालका लागी ९८४८२९७८७९ तथा ९८४८३३१९९०५ माा सम्पर्क गरि सहयोग गरि दिन आफन्तले अनुरोध गरेका छन । बेपत्त महिलाका १ छोरा २ छोरी सहित ३ वटा सन्तान रहेका छन ।