३ कार्तिक २०७८, बुधबार / Oct 20, 2021

बृहत फुटबल प्रतियोगीता २०७७ को उपाधी सहज युवा क्लब चौरीलाई

मंगल बास्काेटे
३ कार्तिक २०७७, सोमबार ०२:३५
635 Views

कैलालीको लम्कीचुहा अमरपुरमा ४ गत भदौ २३ गतेबाट सञ्चालन भएको बृहत फुटबल प्रतियोगीताको उपाधी सहज युवा क्लबले हात पारेको छ । समानता युथ ग्रुप लम्कीचुहा–४ अमरपुरको आयोजनामा “खेलकुद बिकासमा युवाको भुमिका भन्न”े मुल नाराका साथ सञ्चालन भएको बृहत फुटबल प्रतियोगिताको फाईनलमा ब्वाईज युनियन ग्रुप “ए” लम्कीलाई पराजीत गर्दै सहज युवा क्लबले उपाधी हात परेको हो ।

सञ्चालीत प्रतियोगिता अबधी भर अपराजीत यात्रा कायम राखेको सहज युवा क्लब चौरीले ब्वाईज युनियन ग्रुप “ए” लम्की माथी शुन्य का बिरुद्ध २ गोल गर्दै उपाधी कब्जा गरेको हो । शनिवार भएको सेमिफाईनल खेलमा ब्वाईज युनियन ग्रुप “ए” लम्की ले गप्का युवा क्लब गप्का माथी र कर्णाली रिभरसाईड युवा क्लब चिसापानी माथी सहज युवा क्लब चौरीले जित हात परे पछि दुबै टिमको फाईनलमा भिडन्त पक्का भएको थियो । फाईनल खेल आईतवार दिउसो करिब ३ बजेबाट अमरपुर खेल मैदानमा सुरु भएको थियो । खेल सुरु भएको आधा सम्म पनि दुबै टिमका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

हाफ पछि खेल सुरु भएको १० मिनेटमा सहज युवा क्लबका जर्सि नं.६ का खेलाडी चेतन थारुले कर्नर किक बाट आएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए । खेलको ४० औ मिनेटमा शुन्यका बिरुद्ध १ को अग्रता बनाएको सहज युवा क्लबले ५५ औ मिनेटमा ब्बाईज माथी फेरी १ गोलको भार थपेको थियो । सहजका जर्सि नं.११ का बिक्रम सिह ठकुरीले ५५ औ मिनेटमा गरेको गोल नै अन्तीम गोल बनेको थियो । सहज युवा क्लब गरेको एकोहोरा गोलको बर्षालाई रोक्न नसके पछि ब्वाईज युनियन ग्रुप “ए” लम्की शुन्य गोलमै कायम रह्यो र हार ब्यहोर्न बाध्य भयो ।


प्रतियोगिताको प्रथम टिम सहज युवा क्लबले नगद रु ५१ हजार १ सय ५१ सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दृतिय ब्वाईज युनियन ग्रुप “ए” लम्की ले रु २५ हजार १ सय ५१ ट्रफि,मेडल र प्रमाण पत्र चित्त बुझाउन प¥यो । सहज युवा क्लबका सर्ज नं. ११ का खेलाडी बिक्रम सिह ठकुरी प्रतियोगिताको सर्वाधीक गोल गर्ने खेलाडी बनेका छन । उनले प्रतियोगिता अबधीभर ब्यक्तीगत ९ गोल गर्न सफल भएका थिए ।


लम्कीचुहा नगरपालिका वडा नं.४ अमरपुर खेलमैदानमा बनेको खेल ग्रामको पहिचान र समग्र खेलकुद बिकासका लागी आयोजना गरिएको बृहत फुटबल प्रतियोगिता २०७७ मा देशभरका २४ वटा टिमको सहभागिता रहेको थियो । पछिल्लो समय कोरोना भाइरस (कोििभड–१९) को नियन्त्रण तथा रोकथामका लागी गरिएको लगडाउनका कारण धेरै युवा तथा खेलाडीहरु डिप्रेशनको सिकार भएर बिभिन्न कुलतमा फस्न सक्ने भयावह स्थिति देखा परेको छ । यस्तो जटिल अबस्थालाई नियन्त्रण गरि स्वस्थ युवा तथा खेलाडी उत्पादन गर्न उत्प्ररित गर्न प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक बिरेन्द्र शाहले बताएका छ।