६ श्रावण २०७८, बुधबार / Jul 21, 2021

लम्कीचुहा नगरपालिका वडा नं.५ द्धारा खेलाडीहरुको सम्मान

मंगल बास्काेटे
३ कार्तिक २०७७, सोमबार १२:३३
528 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ ले खेलाडीहरुको सम्मान गरेको छ । लम्कीचुहा नगरपालिका वडा नं.४ अमरमा आईतवार सम्पन्न बृहत फुटबल प्रतियोगितामा प्रथम हुन सफल सहज युवा क्लबका खेलाडीहरुलाई वडाले सम्मान गरेको हो । लामो समयको अन्तराल पछि वडा नं.५ मा प्रथम पुरस्कार वडा भित्र आएको भन्दै साबिक बलिया गा.बि.स अध्यक्ष बखत बहादुर बिष्टले खुसी ब्यक्त गरेका छन । सम्मान कार्यक्रममा प्रमुख अथिति समेत रहेका बिष्टले कुनै बेला फुटबल खेलको गढ बनेर चिनिने वडा नं.५ केही बर्ष देखी खेलकुदमा पछाडी परेको सहसुस गरे पनि पछिल्लो समय खेलाडीहरुको लगनशिलता र मेहनत प्रति आफु निकै गर्भाङ्गीत भएको उनले बताए ।
वडाका बिभिन्न बिकास निमर्माण संगै युवाहरुर र खेलकुद क्षेत्रलाई संगसंगै लगेर अगाडी बढ्ने वडा नं.५ का वडा अध्यक्ष माया बिष्टले बताईन । अमरपुर खेलमैदनमा भएको प्रत्येक खेलमा अपराजित यात्रा अन्तसम्म कायम राख्दै वडाको नाम उच्च पारेको भन्दै सम्पुर्ण खेलाडीहरु प्रति उच्च सम्मान ब्यक्त गरेकी छन ।
सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रममा नेपाल पुलिस क्लबका कप्तान भरत शाह,वडा नं.५ बाट उदायकी कराते खेलाडी मञ्जु बि.क,फुटबल खेलाडी अमृता जैसी सहित खेलाडी टिम क्याप्टन, टिम म्येजरहरुलाई दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवा,समाजसेबि कमल बटाला,कमान सिह बि.क,वडा सदस्य भक्त बुढा लगाएतका अथिति रहेका थिए ।