१२ फाल्गुन २०७७, बुधबार / Feb 24, 2021

बिपन्न परिवारलाइ खाधन्न तथा कपडा बितरण

मंगल बास्काेटे
७ कार्तिक २०७७, शुक्रबार ०६:२२
56 Views

सुखड-७ कार्तिक
हुनेखानेलाइ त चाडबाडमा केही समस्या हुदैन तर हुँदा खानेहरुका लागि भने चाडबाड नआएकै जाती हुन्छ । दशैको मुखमा घरमा चुल्हो बाल्न समस्या भएका र चिन्तामा रहेका कैलालीका विभिन्न ठाउँका ३५ परिवारलाई खाधान्न तथा लत्ताकपडा बितरण गरिएको छ ।
स्विजरल्याण्ड निवासी शुभ एल्मर लामाको पहलमा स्विस नागरिक पिटर गुथरेज द्वारा आफ्नी स्वर्गीय श्रीमती उर्सुला गुथरेजको सम्झनामा असाहयहरुको लागि पठाइएको खाधान्न तथा लत्ताकपडा सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रले घर घरमै गएर हस्तान्तरण गर्नुभएको हो । ४ दिनसम्म संचालन भएको बितरण अभियान शुक्रवार सकिएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । अभियानका क्रममा ३५ परिवारका ८७ जनालाइ खाधान्नमा चामल,दाल,नुन,तेल,सोयाबिन,चिउरा,पिठो तथा लत्ता कपडामा धोती,कुर्ता सुरवाल,प्लाजा,टिसर्ट,ट्रयाक,जिन्स पाइन्ट,लेहंगा बितरण गरेको अध्यक्ष मिश्रले बताउनुभयो । खासमा यो चाडवाडको समयमा घरमा आगो नबल्ने स्थिती भएका परिवारलाइ खाधान्न र लत्ता कपडा बितरण गर्न पाउँदा निकै खुशी भएको बताउदै मिश्रले पहलकदमिका लागि शुभ एल्मर लामा लाई धन्यवाद दिदै स्वर्गीय उर्सुला गुथरेजको आत्माको शान्तिको कामना गर्न चाहेको बताउनुभयो ।

Latest समाचार