२ कार्तिक २०७८, मंगलवार / Oct 19, 2021

कैलालीको जानकी गाउँपालिका वडा नं.५ मा आगलागी हुदा २ लाख बराबरको क्षति

मंगल बास्काेटे
२० कार्तिक २०७७, बिहीबार १३:५१
201 Views

कैलालीमा जानकी गाउँपालिका वडा नं.५ स्कुलपुरमा आगलागी हुदा गोठ,पराल सहित पानी तान्ने जलेर नष्ट भएका छन। स्कुलपुरका लालु सुनारको पानी तान्ने मोटरको तार सट भएर आगलागी गोठ,पराल सहित पानी तान्ने मोटर जलेर नष्ट भएका हुन । बिहिवार दिउसो करिब ३ बजे तिर सिचाईका लागी चलाएको मोटरको तार एक्कासी सट भएर आगलागी हुदा गोठ,पाराल र मोटर पुर्णरुपमा जलेर नष्ट भएका छन भने आगलागीबाट करिब २ लाख बराबरको क्षति भएको स्थानियले बताएका छन । करिब १ घण्टा पछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।