४ कार्तिक २०७८, बिहीबार / Oct 21, 2021

कैलालीमा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

मंगल बास्काेटे
२१ कार्तिक २०७७, शुक्रबार ०४:१४
226 Views

 

कोरोना संक्रमणबाट कैलालीमा जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.३ का वडाअध्यक्ष नरेन्द्र बहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिए पछि ७३ बर्षिया वडाअध्यक्ष शाहलाई कार्तिक १२ गते उपचारका लागी अस्पताल भर्ना गरिएकामा १७ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण पछि सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत शाहलाई १० दिन देखि भेन्टिलेटरमा राखिएको थियो ।
गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष शाहको कोरोनाका कारण मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य दिर्घ जोशीले सामाजीक सञ्जाल मार्फत जानकारी दिएका छन ।