७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

लम्की बिकास मञ्चद्धारा सार्वजनिक स्थान र बिद्यालय क्षेत्रमा सरसफाई

मंगल बास्काेटे
१५ मंसिर २०७७, सोमबार ०६:५९
48 Views

लम्की बिकास मञ्चले कैलालीको लम्कीचुहा नगरपालिकाका बिभिन्न ठाउँमा सरसफाई गरेको छ। आईतवार लम्की साना शहरी खानेपानी तथा सरसफाई स्वच्छता समितिको सहयोगमा लम्की बिकास मञ्चले नगरपालिका बिभिन्न ठाउँमा सरसफाई गरेको हो ।

लम्की बिकास मञ्चको कार्य समिति सल्लाहकार समिति र स्थानीयको सहभागितामा लम्की बहुमुखि क्याम्पस परिसर,अस्थाई बसपार्क,बालकल्याण मा.बि भुरुवा लगाएतका ठाउँमा सरसफाई गरिएको छ ।

सरसफाई गर्न अघि आयोजीत कार्यक्रममा लम्की साना शहरी खानेपानी तथा सरसफाई समितिका उपाध्यक्ष शंकर रावलले मञ्चका अध्यक्ष लक्ष्य बि.क लाई सरसफाईका सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मञ्चका सल्लाहकार समिति सदस्य दिल बहादुर साउँदले आफ्नो ठाउँ,गाउँ आफै स्वच्छ र सफा बनाउँ भन्ने सोचका साथ आफ्नो स्वास्थ्य संगै वरपरको सरसफाई लाग्न आग्रह गर्नु भएको थियो । सरफाई एक ब्यक्तीका लागी मात्र नभएर सिङ्गो क्षेत्रको पहिचान भएको हुदा आ–आफ्नो ठाउँबाट सरफाईमा जुट्न मञ्चका अध्यक्ष लक्ष्य बि.क ले आग्रह गरेका थिए । मञ्चका उपाध्यक्ष खेमराज ढकालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिब चक्र बि.क ले गर्नु भएको थियो ।

Latest समाचार