७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

साना किसान कृषि सहकारी सस्थाको १० औ वार्षिक साधारण सभा सम्पन्न

मंगल बास्काेटे
२८ मंसिर २०७७, आईतवार १२:५३
183 Views

‌कैलालीको लम्कीचुहा नगरपालिका वडा न २ भल्कामा अवस्थित साना किसान कृषि सहकारी सस्थाको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६/७७  मा ५१ लाख ६९ हजार ५ सय ५६ रुपैया नाफा गर्दै सहकारी सस्थाले आफ्नो १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष बिमला  सिङको अध्यक्षता आयोजित बार्षिक साधारण सभाका प्रमुख अथिती राष्ट्रिय सहकारी बैंक सञ्चालक समिती सदस्य शिवा थापा रहनु भएको थियो ।कार्यक्रमको बिशिष्ट अथितिमा वडा न ५ का वडा अध्यक्ष माया बिष्ट ,सस्थापक सदस्य दल बहादुर बिष्ट  रहनु भएको थियो । कार्यक्रमको अथितिमा कृषि प्राबिधिक नम्रता अधिकारी,बचत तथा ऋण सहकारी सस्था नगर संघका अध्यक्ष खकेन्द्र धमाला लगाएतका रहेका थिए । कार्यक्रमका बिच ५ जना सदस्यलाई सम्मान गरिएको छ । एक बर्षको अवधीमा  सहकारीबाट ऋण लिएर लक्ष्य बमोजिम काम गर्ने सदस्य,नियमित बचत गर्ने र नियमित किस्ता हाल्ने सदस्यलाई सम्मान गरिएको हो । चालू आर्थिक बर्ष २०७७/७८ का लागि २ करोड ४२ लाख ५० हजार बराबरको अनुमानित आयब्यय प्रस्तुत गरिएको थियो।
‌कार्यक्रमको सञ्चालन सहकारी सस्थाका प्रवन्धक माया  शाहले गर्नु भएको थियो।