१४ फाल्गुन २०७७, शुक्रबार / Feb 26, 2021

बल्चौर जैविक विविधता संरक्षण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न

मंगल बास्काेटे
१२ पुष २०७७, आईतवार ०६:५५
17 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको बल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष धनन्जय न्यौपानेको अध्यक्षतामा आयोजीत बार्षिक साधारण सभाका प्रमुख अतिथी भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रतिनिधि अगस्त अधिकारी रहेको थिए ।
कार्यक्रमका बिच सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ६२ लाख २ हजार ४ सय ६३ रुपैयाँ को करोबार गर्न सफल भएको कार्यक्रमका सभापति तथा सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बताएका छन ।
२०६७ साल असोज २५ गते ३७ जना शेयर सदस्य सहित चुक्ता पुँजी एक लाख दुई हजार पाँच सय रहेकोमा आर्थिक वर्ष २०७६÷७७ सम्म छ सय सात जना शेयर सदस्य रहेका छन् भने चुक्ता पुँजी २७ लाख ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
प्रगति प्रतिवेदन मार्फत निक्षेष तर्फ ६७ लाख ३९ लाख ९ सय ६४ रुपैयाँ र कर्जा लगानी तर्फ १ करोड १७ लाख ९२ हजार १ सय ४० रुपैयाँ रहेको अध्यक्ष न्यौपानेले जानकरी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारी सामाजिक कामसँगै विभिन्न क्षेत्रमा काम गरिरहेको र थप अझै सशक्त भएर अगाडि बढोस् भनेर सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य तथा नेकपाका युवा नेता नेत्रप्रसाद खनालले सहकारीका माध्यमबाट परिवर्तन सम्भव रहेको र बल्चौर जैविक विविधता सहकारीले सबै क्षेत्रमा समेत काम गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य तथा नेकपाका युवा नेता नेत्रप्रसाद खनाल , लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य उज्जिरसिं सुनार , कार्यपालिका सदस्य द्रुपता विक , वडा सदस्य चन्द्रबहादुर विक , नर्मदा सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष कोकिला देवल रहेका थिए । अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि. बैंकिङ कार्यालयका अध्यक्ष सुरेन्द्र कुमार शाह , श्ल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लि. संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक भीमप्रसाद जैसी, समाजसेवी देवानन्द जैसी , लम्कीचुहा नगरपालिका वडा नं १ का वडा सचिव विष्णुकान्त प्याकुरेल , संस्थाका पुर्व अध्यक्ष दुजराम चौधरी अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र धमाला , हमार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौधरी , हाम्रो समाज शक्ति विद्युत सहकारी संस्थाका अध्यक्ष मकर बहादुर बिष्ट लगायत अतिथि रहेका थिए ।
संस्थाका सदस्य प्रेमप्रसाद न्यौपानेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव ममता रावलले गरेकी थिईन् ।

Latest समाचार