२१ बैशाख २०७८, मंगलवार / May 4, 2021

बल्चौर जैविक विविधता संरक्षण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न

मंगल बास्काेटे
१२ पुष २०७७, आईतवार ०६:५२
49 Views

बल्चौर जैविक विविधता संरक्षण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको बल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष धनन्जय न्यौपानेको अध्यक्षतामा आयोजीत बार्षिक साधारण सभाका प्रमुख अतिथी भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रतिनिधि अगस्त अधिकारी रहेको थिए ।
कार्यक्रमका बिच सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ६२ लाख २ हजार ४ सय ६३ रुपैयाँ को करोबार गर्न सफल भएको कार्यक्रमका सभापति तथा सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बताएका छन ।
२०६७ साल असोज २५ गते ३७ जना शेयर सदस्य सहित चुक्ता पुँजी एक लाख दुई हजार पाँच सय रहेकोमा आर्थिक वर्ष २०७६÷७७ सम्म छ सय सात जना शेयर सदस्य रहेका छन् भने चुक्ता पुँजी २७ लाख ७१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
प्रगति प्रतिवेदन मार्फत निक्षेष तर्फ ६७ लाख ३९ लाख ९ सय ६४ रुपैयाँ र कर्जा लगानी तर्फ १ करोड १७ लाख ९२ हजार १ सय ४० रुपैयाँ रहेको अध्यक्ष न्यौपानेले जानकरी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारी सामाजिक कामसँगै विभिन्न क्षेत्रमा काम गरिरहेको र थप अझै सशक्त भएर अगाडि बढोस् भनेर सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य तथा नेकपाका युवा नेता नेत्रप्रसाद खनालले सहकारीका माध्यमबाट परिवर्तन सम्भव रहेको र बल्चौर जैविक विविधता सहकारीले सबै क्षेत्रमा समेत काम गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य तथा नेकपाका युवा नेता नेत्रप्रसाद खनाल , लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य उज्जिरसिं सुनार , कार्यपालिका सदस्य द्रुपता विक , वडा सदस्य चन्द्रबहादुर विक , नर्मदा सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष कोकिला देवल रहेका थिए । अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि. बैंकिङ कार्यालयका अध्यक्ष सुरेन्द्र कुमार शाह , श्री बल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लि. संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक भीमप्रसाद जैसी, समाजसेवी देवानन्द जैसी , लम्कीचुहा नगरपालिका वडा नं १ का वडा सचिव विष्णुकान्त प्याकुरेल , संस्थाका पुर्व अध्यक्ष दुजराम चौधरी अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र धमाला , हमार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौधरी , हाम्रो समाज शक्ति विद्युत सहकारी संस्थाका अध्यक्ष मकर बहादुर बिष्ट लगायत अतिथि रहेका थिए ।
संस्थाका सदस्य प्रेमप्रसाद न्यौपानेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव ममता रावलले गरेकी थिईन् ।

Latest समाचार