७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

मंगल बास्काेटे
१३ पुष २०७७, सोमबार १३:१४
94 Views

रंगप्रसाद तिमिल्सैना
लम्की/ पौष १३
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा संचालित कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिकामा आज पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाको अध्यक्षतामा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिकाका वडा अध्यक्ष, शाखा प्रमुख , रेडक्रसका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका सुदूरपश्चिमका कार्यक्रम अधिकृत खेमप्रसाद भट्टराईले प्रतिकार्य योजनाको खाका प्रस्तुत गरि कार्यपालिकामा पेश गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा कोभिडको संक्रमण थप फैलिन नदिन लम्कीचुहा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा कसरी अगाडी बढ्ने भन्ने बिषयमा गोष्ठीमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी कैलाली कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका बिकास नेपालीले जानकारी दिनुभएको छ ।