७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

असल सृजना कृषि सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभा सम्पन्न

मंगल बास्काेटे
१४ पुष २०७७, मंगलवार १०:४५
87 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा न ५ राजिपुरमा रहेको असल सृजना कृषि सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार राजिपुर स्थित आफ्नै भवनमा सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा आर्थिक बर्ष २०७६÷७७ को १ करोड ३७ लाख ६८ हजार रुपैया बरावरको आयब्याय प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसमा सहकारी संस्थाको शेयर पुँजी १७ लाख ५६ हजार ९ सय रुपैया रहेको छ भने निक्षेप २९ लाख ३ हजार ३ सय ९० रुपैया रहेको छ ।
३४ जना शेयर सदस्य बाट सुरु गरेको सहकारी संस्थामा हाल संख्या बढेर ५ सय ९५ पुगेको छ । असल सृजना कृषि सहकारी संस्थाले किसानहरुका लागी आवश्यक पर्ने मल, बिउबिजन,कृषि सामाग्री बितरण गर्दे आएको छ ।
सहकारी सस्थाका अध्यक्ष अध्यक्ष कृणा घर्तिको अध्यक्षतामा आयोजित साधारण सभाका प्रमुख अथिती लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाई रहनु भएका थियो । कार्यक्रमको बिशिष्ट अतिथी जिल्ला सहकारी संघका सल्लाहकार हेम बहादुर बम,गुड नेर्वस ईन्टरनेशलन नेपालका जिल्ला संयोजक देबेन्द्र भण्डारी,लम्किचुहा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने रहनु भएको थियो।कार्यक्रमको आतिथीमा सेवक नेपालका लघुउद्यम अधिकृत दुर्गा प्रसाद ढुङ्गाना,वडा नं.५ का वडा सदस्य भक्त बहादुर बुढा,सरस्वती मा.बि भुरुवाका प्रधानाध्यापक मोतिराम जैसी लगाएतका रहनु भएको थियो ।

Latest समाचार