१४ फाल्गुन २०७७, शुक्रबार / Feb 26, 2021

रेडक्रसद्वारा सुकुम्बासी शिविरमा खानेपानी सरसफाइ तथा स्वच्छता सामग्री वितरण

मंगल बास्काेटे
१४ पुष २०७७, मंगलवार १०:४२
140 Views

रंगप्रसाद तिमिल्सैना
लम्कीर पौष १४
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा खानेपानी सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरेको छ ।
युनिसेफको आर्थिक सहयोगमा संचालित कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत भुरुवामा रहेको कभर्डहल सुकुम्बासी शिविरमा रहेका २८ घरपरिवारलाई उक्त खानेपानी सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको हो ।
शिबिरका २८ घरधुरीका प्रत्येक परिवारलाई नुहाउने तथा लुगा घुने साबुन, सेनिटरी प्याड, टुथपेष्ट, ब्रस, काइयो, नेलकटर , तौलिया लगायत सामान वितरण गरिएकी हो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष चन्द्रबहादुर बिकको सभापतित्वमा आयोजित सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका मन्त्री लोकराज जोशी रहनुभएको थियो ।
सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, सचिव विनोद आचार्य लगायतकाको उपस्थिति रहेको थियो ।
त्यसैगरी बस्तीमा दिनेश चौधरीको अध्यक्षतामा ७ सदस्यीय खानेपानी सरसफाइ तथा स्वच्छता समिती समेत गठन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक बिकास नेपालीले जानकारी दिनुभएको छ ।

Latest समाचार