७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

टीकापुरको वडा न ८ लाई नमुना स्वास्थ्य वडा बनाउन धनसिँहपुरमा अभियान सुरु

मंगल बास्काेटे
१६ पुष २०७७, बिहीबार १३:३५
114 Views

कैलालीको टीकापुर नगरपालिका वडा न ८ लाई नमुना स्वास्थ्य वडा बनाउन धनसिँहपुरमा अभियान सुरु गरिएको छ ।

  1. देशकै पहिलो नमुना स्वास्थ्य वडा बनाउनका लागि धनसिहपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मिहरुलाई पहिलो चरणको अभिमुखीकरण कार्यक्रम बुधबार धनसिँहपुर स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।धनसिँहपुर स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लको अध्यक्षतामा भएको पहिलो चरणकाे अभिमुखिकरणमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद अर्यालले नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाकाे पुर्ण सहयोग रहने बताए ।

अध्यक्ष ठकुल्लाले नमुना स्वास्थ्य वडा बनाउने लक्ष्य लाई पूरा गर्न सम्पूर्ण सरोकारवालाको सहयोग जरुरी रहेकाे बताउदै नमुना स्वास्थ्य वडा बनाउने योजना वडा को मात्रै नभै नगरपालिका ,जिल्ला र यो प्रदेशकै गौरवको अभियान रहेकाेले गौरव को लक्ष्य हासिल गर्न आफू लाग्ने र सबैलाई साथ दिन अाव्हान गरे ।

निकट भविस्य मै वडालाइ देशकै पहिलो नमुना स्वास्थ्य वडा घोषण गर्ने रहेकाले नमुना वडा भए देशकै एेतिहासिक नमुना वडा हुने स्वास्थ्य चाैकिका ईन्चार्ज केवल सिँह भुलले बताए ।

पहिलो चरणकाे अभिमुखिकरणलाई टीकापुर नगरपालिकाकि प्रमुख प्रशासकिय अधिकृत रन्जु आचार्य ,स्वास्थ्य साखा प्रमुख बल बहादुर रावल , धर्म सिह बटाला र कमल बहादुर रावलले सहजिकण गरेका थिए ।