२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानको जिल्ला भेला सम्पन्न,जवाल सिहको अध्यक्षतामा नया कार्य समिती चयन ।

मंगल बास्काेटे
१९ माघ २०७७, सोमबार ११:०६
35 Views

नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानको जिल्ला भेला सोमबार सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा १ बौनियामा प्रतिष्ठानको कैलाली जिल्ला स्तरीय भेला सम्पन्न भएको हो । नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानका जिल्ला अध्यक्ष ज्वाला सिह तिरुवाको अध्यक्षतामा आयोजित जिल्ला भेलाका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तेज बहादुर तिरुवा रहेका थिए । लिला राम तिरुवाको स्वागत मन्तव्य सङ्गै सुरु भएको जिल्ला भेलाको अतिथिमा नेपाल राष्ट्रिय तिरुवा प्रतिष्ठानका केन्द्रीय महासचिव नन्द लाल तिरुवा,प्रदेश अध्यक्ष कैलाश तिरुवा,केन्द्रीय सदस्य प्रताप तिरुवा,केन्द्रीय सल्लाहकार रतिमान तिरुवा,मुम्बई सल्लाहकार भुपाल तिरुवा,दल बहादुर तिरुवा,प्रदेश सदस्य मोहन तिरुवा,भक्त तिरुवा,रबिन्द्र तिरुवा बैनिया बजार ब्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार,रानी जरुवा सामुदायिक बनका अध्यक्ष लाल सिह बि.क लगाएतका रहेका थिए ।
नेपाल भरी छरिएर रहेका सम्पुर्ण तिरुवाहरुको पहिचान गरि एकजुट बनाउने मुल उद्देश्य सहित सुरु गरिएको जिल्ला एकता भेलाले जवाल सिह तिरुवाको अध्यक्षतामा
१३ सदस्यीय नया जिल्ला समिती चयन गरेको छ । जसको उपाध्यक्षमा कबि राज तिरुवा,सचिबमा कमल राज तिरुवा,कोषाध्यक्षमा भक्तराज तिरुवा रहेका छन । सदस्यमा पदम बहादुर तिरुवा,रेखा तिरुवा,बसन्ती तिरुवा,हरिश तिरुवा,कमल बहादुर तिरुवा,हशनी तिरुवा लगाएतका रहेका छन । भेलाका बिच नेपाल राष्ट्रिय तिरुवा बिकास प्रतिष्ठानमा पालाकाटिया तिरुवा एकता समाजलाई समायोजन गरिएको छ । भेलाको सन्चालन पदम बहादुर तिरुवाले गरेका थिए ।

Latest समाचार