७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

कैलालीको टीकापुरमा स्टार तेक्वान्दो ऐकाडेमी खुल्दै

मंगल बास्काेटे
२८ माघ २०७७, बुधबार ०५:३१
86 Views

सुदिप बि.क
टीकापुर
सुदुरपश्चिमकाे कैलाली जिल्ला टीकापुरमा स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमी खुल्ने भएको छ ।कैलाली टीकापुरमा पत्रकार सम्मेलन गर्दै तेक्वान्दो खेलका मुख्य प्रशिक्षक प्रकाश जैगडीले आगामी फाल्गुन २ गते स्टार तेक्वान्दो एण्ड फिटनेस ऐकाडेमीकाे उद्घाटन हुने जानकारी दिए ।

उनले खेल मार्फत कैलाली,सुदुरपश्चिम,सिङगाे देशलाई चिनाउनका लागि टीकापुर क्षेत्रमा स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमि संचालन गर्न लागिरहेकाे प्रमुख प्रशिक्षक जैगडीले पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

उनले पछिल्लो समय किशाेरहरु भन्दा पनि किशाेरीहरु हत्याहिँसा बलात्कारकाे सिकार बनिरहेकाे अवस्थामा किशाेर अवस्थाका युवा युवतिहरुकाे आत्मा रक्षाका लागि पनि एकाडेमीले महत्त्वपूर्ण सहयोग गर्ने बताए ।

उनले हत्याहिँसा बलात्कार सँगै लागुअाैषध दुर्व्यशनकाे सिकारी बनिरहेकाले खालि समयलाई सदुपयोग गरी स्वस्थ्य शरीर बनाउनका लागि ऐकेडेमि खुलिरहेकाे बताए ।

फागुन २ गते हुने ऐकाडेमीकाे समुद्घाटन सुदुरपश्चिम प्रदेशका मुल्यमन्त्री त्रिलाेचन भट्ट द्वारा हुने समेत पत्रकार सम्मेलनमा प्रमुख जैगडीले जानकारी दिए ।