३ कार्तिक २०७८, बुधबार / Oct 20, 2021

कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,एक घाईते

मंगल बास्काेटे
५ फाल्गुन २०७७, बुधबार ११:५९
177 Views

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना५ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ अस्थायी नम्बर भएको मोटरसाइकललाई ठक्कर दिदा लम्कीचुहा -४ बलिया का २७ बर्षिया मोटरसाइकल चालक दिनेश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । ट्रकको ठक्करबाट जानकी गाउँपालिका वडा १ तोरैयापुरका चन्द्रा चौधरी घाईते भएकी छन । घाईते चौधरीको लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।
अहिले मृतकका आफन्तले पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन भने ठक्कर दिने ट्रक माथी तोडफोड समेत गरेका छन ।