१४ फाल्गुन २०७७, शुक्रबार / Feb 26, 2021

नमुना स्वास्थ्य वडा बनाउँन धनसिँहपुरमा सराेकारवालाहरु बिच अभिमुखिकरण

मंगल बास्काेटे
८ फाल्गुन २०७७, शनिबार १४:२१
46 Views

सुदिप बि.क
टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ८ लाई नमुना स्वास्थ्य वडा बनाउँन सराेकारलवालाहरु सँग शुक्रबार वडा स्तरिय अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

धनसिँहपुर स्वास्थ्य चाैकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले ८ न वडालाई नमुना स्वास्थ्य वडा बनाउन, नगरपालिकाले ५ लाख बजेट बिनिमयाेजन गरेको बताए ।

उनले नुमना स्वास्थ्य वडा बनाउन वडामा दलित तथा बिपन्न परिवार लाई निशुल्क साैचालय,आवास सहित वडामा सक्षम बालबालिका,युवा र बृद्व सम्पती नै बालबालिका,स्वच्छ खानेपानीका कार्यक्रमहरु अगाढि बढाईएकाे बताए ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखाका कमल बहादुर रावलले धनसिँहपुर सबै भन्दा पूरानाे स्वास्थ्य चाैकि रहेकाेले कर्मचारीकाे दरबन्दी पनि प्रर्याप्त रहेकाले ८ न वडालाई नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाले समेत निर्णय पारित गरीसकेकाे बताए ।

उनले सुदुरपश्चिममै पहिलो नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाले ५ लाख बजेट बिनिमयाेजन गरेकाले नमुना स्वास्थ्य वडा बनाउन सम्पुर्ण सराेकारवालाहरुकाे सकारात्मक सहयोग रहेको बताए ।

सु-आहारा कार्यक्रमका नर बहादुर बिकले धनसिँहपुर स्वास्थ्य चाैकिले गरेका स्वास्थ्य सम्बन्धि सफलताका गतिविधिहरु सुदुरपश्चिम प्रदेश सरकारले काठमाडौंमा प्रस्तृत गरेको खुसीकाे कुरा सेयर गर्दै नमुना स्वास्थ्य वडा बनाउनका लागि खानपान, सरसफाइ सँगै करेसाबारी समेत बनाउन जरुरी बताए ।

धनसिँहपुर स्वास्थ्य चाैकीका ईन्चार्ज केवल सिँह भुलले नुमना स्वास्थ्य वडा बनाउन आवश्यक सुचकहरुका बारेमा प्रस्तृतिकरण गर्दै नमुना स्वास्थ्य वडा बनाउने लक्ष्यका साथ अघि बढिरहेकाे बताउदै नमुना स्वास्थ्य वडा बनाउँन सम्पुर्ण सराेकारवालाहरुकाे महत्त्वपूर्ण साथ सहयोगकाे आवश्यकता रहेको बताए ।

यम बहादुर शाहले सँचालन गरेको वडा स्तरिय अभिमुखिकरण कार्यक्रममा वडा न ८ काे सामुदायिक तथा निजि बिद्यालयका प्रध्यानाध्यापक,टाेल बिकास समितिका सँयाेजक,राजनितीक दलका प्रतिनिधी गरि अन्य सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे ।

भने सहभागी सराेकारवालाहरुले नमुना स्वास्थ्य वडा बनाउन समेत हस्ताक्षर गरेर प्रतिबद्वता जनाएका छन ।

Latest समाचार