१४ फाल्गुन २०७७, शुक्रबार / Feb 26, 2021

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा अत्तरियामा महिला सशक्तिकरण गोष्ठीको आयोजना

मंगल बास्काेटे
८ फाल्गुन २०७७, शनिबार १४:२८
33 Views

रंगप्रसाद तिमिल्सैना
अत्तरिया/ फागुन ८
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीको आयोजनामा आज शनिबार कैलालीको अत्तरियामा महिला सशक्तिकरण गोष्ठीको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखाको आतिथ्यतामा गोष्ठीको आयोजना गरिएको हो ।
कैलाली जिल्लाका विभिन्न उपशाखा कार्य समितिमा रहेका महिला पदाधिकारी एवं सदस्यहरूको क्षमता अभिबृद्दि गर्न तथा रेडक्रस अभियानका बारेमा जानकारी दिने उद्देश्यले सो गोष्ठीको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कार्य समिति सदस्य एवं महिला विकास समितिका संयोजक गीता सोडारीले जानकारी दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति एवं गोष्ठीका प्रमुख अतिथि उत्तम जोशीले जिल्ला शाखाले उपशाखाहरूको क्षमता अभिबृद्दि गरी संस्थागत विकास गरिरहेको बताउनु भयो । “विभिन्न गतिविधिहरूका माध्यमबाट संस्थागत क्षमता बृद्दि गरिरहेका छौ “ सभापति जोशीले भन्नु भयो “ संकटासन्नता न्यूनीकरण कार्य प्रभावकारी बनाउन पनि हामीले क्षमता बढाउनै पर्छ “।
जिल्ला शाखा कार्य समिति सदस्य एवं महिला विकास समितिका संयोजक गीता सोडारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कैलाली जिल्लाका विभिन्न उपशाखाहरुबाट गरी ३६ जनाको सहभागिता रहेको थियो ।
गोष्ठीमा रेडक्रस अभियान लगायत विभिन्न विषयहरूमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका मन्त्री लोकराज जोशी र जिल्ला शाखा सदस्य सोडारीले सहजीकरण गर्नु भएको थियो ।

Latest समाचार