७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

अखिल नेपाल महिला संघको बिस्तारित बैठक लम्कीमा सम्पन्न

मंगल बास्काेटे
१६ फाल्गुन २०७७, आईतवार ०६:४९
42 Views

अखिल नेपाल महिला संघको बिस्तारित बैठक कैलालीको लम्कीमा  सम्पन्न भएको छ ।संघको प्रथम बिस्तारित बैठक १ सय ५१ सदस्यीय जिल्ला कमिटी चयन गर्दै शनिबार लम्की स्थित जेसिस हलमा सम्मपन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघकी सुदूरपश्चिम इन्चार्ज एवम पुर्व संविधान सभा सदस्य गौरी ओलीले प्रचण्ड माधव समुहको सपना पूरा हुन नसक्ने बताएकी छन् । बैठको प्रमुख अतिथि समेत रहेकी  इन्चार्ज ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गरि आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्ड, माधव समुहको सपना अधुरो नै रहने इन्चार्ज ओलिले बताईन् । केपी ओलिकै समूह नेकपाको मुलधार भएकोले नेता र कार्यकर्ता फर्किनेको लहर चलिरहेको हुँदा फेरि पनि प्रधानमन्त्री ओलि नै रहिरहने ठोकुवा समेत गरिन् ।अखिल नेपाल महिला संघ कैलाली इन्चार्ज एवम पूर्व राष्ट्रिय सभा सदस्य कमला ओलीले सुखी नेपाली र समृध नेपालको नारा केपी ओलिको नेतृत्वको सरकारले मात्र पूरा गर्न सक्ने भएको सबैले ओलि सरकारले नेतृत्व गरेको पार्टीलाई समर्थन गर्न आग्रह गरिन्  । आफू निरन्तर सर्बहारा, श्रमजीवी जनताको पक्षमा लागिरहने बताईन् ।कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम (नेकपा ओलि पक्ष) कैलालीका अध्यक्ष रतन थापाले संसद पुनः स्थापना हुँदा पूर्व प्रधानमन्त्री प्रचण्डले अब बन्ने सरकार नेपाली कांग्रेस, जनता समाजबादी पार्टी र नेकपा प्रचण्ड, माधव समुह मिलेर सरकार गठन गर्दा भारत खुशी रहने गरी प्रचण्डले अभिव्यक्ति दिदा समेत चौतर्फी आलोचना भईरहदा आफूलाइ राष्ट्रबादी नेता ठान्ने डा.भीम रावल मौन रहेकामा आफुले चिन्ता व्यक्त गरे ।त्यस्तै लम्कीचुहा नगरपालिकाका मेयरले करोडौं भ्रष्टाचार गरेको समेत अध्यक्ष थापाले आरोप लगाए ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य साबित्रा सापकोटा, लम्कीचुहा नगरपालिका उप–प्रमुख टीका थापा, भजनी नगरपालिका उप–प्रमुख छाया देवकोटा लगायतकाले शुभकामना राखेका थिए ।
अखिल नेपाल महिला संघकी जिल्ला सह–संयोजक कोहली चौधरीको सभापतित्वमा भएको कार्यक्रमको संचालन लक्ष्मी शाहीले गरेकी थिईन् ।

Latest समाचार