८ बैशाख २०७८, बुधबार / Apr 21, 2021

गोदावरी नगरपालिका कैलाली र कृष्णपुर नगरपालिका कञ्चनपुर बिच भगिनी सम्बन्ध स्थापित

मंगल बास्काेटे
५ चैत्र २०७७, बिहीबार १०:४०
11 Views

रंगप्रसाद तिमिल्सैना
लम्की/ चैत्र ५
कैलाली जिल्लाको गोदावरी नगरपालिका र कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका बिच विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आज भगिनी सम्बन्ध स्थापित भएको छ ।
युएसएआईडी तयार नेपाल परियोजनाको सहजीकरणमा परियोजना लागू भएको कैलाली जिल्लाको गोदावरी नगरपालिका संग स्थानीय विपद जोखिम व्यवस्थापन तालिम, विपद जोखिम मुलप्रवाहीकरण तालिम, आपतकालीन पुर्व तयारी तथा इन्जिनियरहरुको राष्ट्रिय भवन संहिता सम्बन्धि तालिम, दक्ष मिस्त्री तालिम लगायत भु उपभोग योजनाका प्रक्रियामा कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकालाई सहभागी गराउन उक्त भगिनी सम्बन्ध स्थापना गरिएको हो ।


गोदावरी नगरपालिकाको सभाहल अत्तरियामा भएको भगिनी सम्बन्ध स्थापना सम्बन्धि सम्झौता पत्रमा गोदावरी नगरपालिकाका तर्फबाट नगरप्रमुख हरिसिंह साउद र प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी , कृष्णपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख कर्णबहादुर हमाल र प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।


सम्झौतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि कार्यहरु ऐन कानुन , निति नियम तथा कार्यविधिहरुको तयारी र कार्यन्वयन आवधिक तथा वार्षिक विकास योजनामा प्राप्ति सिकाई तथा अनुभवको आधारमा आवश्यक प्राविधिक पक्षहरुको सहजीकरण गर्ने शर्त उल्लेख गरिएको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदको सभापतित्वमा भएको कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कृष्णपुर नगरपालिकालाई भगिनी सम्बन्ध स्थापना गर्न सहयोग गर्नुभएकोमा तयार नेपाललाई र भगिनी नगरपालिकाका रुपमा छनौट गर्नुभएकोमा गोदावरी नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सम्झौता कार्यक्रममा तयार नेपालका फिल्ड अफिसर गोमती उप्रेती जोशी, कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना बडायक, गोदावरी नगरपालिकाका डीआरआर फोकल पर्सन मार्शल खडका, पुर्वाधार इन्जिनियर पुर्ण कुवरको समेत उपस्थिति तहेको थियो ।

Latest समाचार