७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु,आफन्तद्धारा पुर्वपश्चिम राजमार्ग अबरुद्ध

मंगल बास्काेटे
१० चैत्र २०७७, मंगलवार ०४:२१
55 Views

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ लम्की चौराहामा आज बिहान बसले ठक्कर दिदा २३ बर्षिया कमला देबकोटाको मृत्यु भएको हो ।

बिहान करिब ७ बजे तिर पश्चिम धनगढीबाट टीकापुर जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णाली रिभर यातायात प्रा.लीको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नं.१ थपालीपुर बस्ने पैदाल यात्री कमला देबकोटाको मृत्यु छ । बसको ठक्करबाट कमला देबकोटा का ३ बर्षिया छोरा समेत घाईते भएका छन । घाईते बालकको अहिले उपचार भईरहेको छ ।


पश्चिम धनगढीबाट टीकापुर जान लागेको बस लम्की चौराहामा मोड्ने क्रममा पैदलयात्री महिललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । चौराहामा मोड्दा चालकले ध्यान नपु¥याए पछि दुर्घटना भएको ईलाकका ट्राफिक प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा राखिएको छ ।


अहिले बसको ठक्करबाट मृत्यु भएकी कमलाका आफन्तले चालकलाई कडाभन्दा कडा कारबाही र उचित क्षतिपुर्तिको माग सहित पुर्वपश्चिम राजमार्ग संगै लम्की बजार समेत बन्द गरेका छन भने चौराहामा राखिएको प्रहरी बिट, ट्राफिस चिन्ह,ट्रफिक आईलेन लगायतमा आगजनी गरेका छन ।