७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

प्रहरीको बाक्लो उपस्थितिमा खुल्यो राजमार्ग, आफन्त तथा स्थानीय झनै आक्रोशित

मंगल बास्काेटे
१० चैत्र २०७७, मंगलवार १३:३५
27 Views

 

कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र अन्तरगत पर्ने पुर्वपश्चिम राजमार्ग भण्डै १० घण्टा पछि खुलेको छ । मंगलवार बिहान बसको ठक्करबाट मृत्यु भएकी २३ बर्षिया महिला कमला देबकोटाका आफन्तले ठक्कर दिने चालकलाई कारबाही र पिडितलाई उचित क्षतिपुर्तिको माग सहित राजमार्ग बन्द गरेका थिए । बिहानै देखी यातायात प्रा.लि र आफन्त बिच सहमतिको प्रयास भईरहेको थियो ।

अहिले सम्म पनि सहमति हुन नसके पछि प्रहरीले वल प्रयोग गरि बाटो खुलाएको हो । १० घण्टा पछि राजमार्गमा रोकिएका सवारी साधनहरुलाई बाक्लो रुपमा प्रहरी परिचालन गर्दै गन्तब्यमा पु¥याउने काम भईरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले बल प्रयोग गरेर बाटो खुलाए संगै आफन्त तथा स्थानिय झनै आक्रोसित भएका छन ।


मंगलबार बिहान पश्चिम बाट टीकापुर जादै गरेको ना ६ ख ८८३३ नम्बरको बसले लम्की चौराहमा पैदल हिडिरहेकी लम्कीचुहा नगरपालिका वडा नं.१ थपालीपुरकी २३ बर्षिया कमला देबकोटालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटना स्थलमै मृत्यु भयो भने उनका ३ बर्षिया छोरा घाईते भए । उनको मृत्यु लगत्तै आफन्त तथा स्थानिय आन्दोलीत भएर लम्की चौराहमा राखिएको प्रहरी विट,ट्राफिक चिन्ह र ट्राफिक आईलेनमा आगजनी गरे भने ईलाका प्रहरी कार्यालय मोतिपुर घेराउ गरेका थिए। प्रहरी कार्यालय घेराउ पछि प्रहरी र आन्दोलनकारी बिच झडप भएको थियो ।

झडपमा प्रहरीको गोली लागेर ३ जना आन्दोलनकारी घाईते भएका छन भने केही प्रहरी पछि आन्दोलनकारीको ढुङ्गा मुडा लागेर घाईते भएका छन । प्रहरीको गोली लागेर लम्कीचुहा १ का ३० बर्षिय कृष्ण प्याकुरेल, १८ वर्षीय दिपक सन्ज्याल र २७ बर्षिया भुपेन्द्र देबकोटा घाईते भएका छन । ३ जना मध्य २ जना गम्भिर घाईते छन । पेटमा गोली लागेर गभ्मिर घाईते भएका ३० बर्षिय कृष्ण प्याकुरेलको नेपालगन्जमा उपचार सम्भब नभए पछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ भने अर्का घाईते १८ वर्षीय दिपक सन्ज्यालको नेपालगन्जमा उपचार भईरहेको छ ।


१ जना सामान्य उपचार पछि घर फर्किएका छन । ईलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरी माथी आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ।मृतक महिलाको शब पोष्टमार्टमका लागी प्रहरीले बल प्रयोग गर्दै टीकापुर अस्पताल लगेको छ ।