६ श्रावण २०७८, बुधबार / Jul 21, 2021

किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता भब्य समारोहका बिच उद्घाटन,पहिलो खेलमा क्याम्रीज बलिया विजयी ।

मंगल बास्काेटे
१३ चैत्र २०७७, शुक्रबार १४:१८
44 Views

कैलालीमा किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.३ ब्यवस्थितनगर खेल मैदानमा किसान बहुउद्देश्यीय सहकारी संस्था र लम्की जेसिसको संयुक्त आयोजनामा किसान सहकारी जेसिस कप २०७७ उद्घाटन गरिएको हो । लम्की जेसिस बर्ष २०२१ का अध्यक्ष घनश्यम डागीको अध्यक्षतामा आयोजित क्रीकेट प्रतियोगिताका प्रमुख अथिती लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहेका थिए ।
कार्यक्रमको विशिष्ट अथितीमा नेपाल क्रिकेट संघका अध्यक्ष  चतुर बहादुर चन्द, वरिष्ठ समाजसेवि सुमित्रा बस्नेत,लम्कीचुहा नगरपालिका वडा न ३ का वडाअध्यक्ष  अध्यक्ष भक्त बहादुर चलाउने ,नेपाल क्रिकेट संघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष हरि रेग्मी, किसान सहकारी का अध्यक्ष सुरेन्द्र शाह ,महाप्रबन्धक डम्बर बहादुर शाह ,लम्की जेसिज का सस्थापक अध्यक्ष हेमन्त कुमार बस्नेत लगाएतकाको सहभागिता रहेको थियो ।

विद्यालय स्तर बाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने, क्रिकेटमा नै आफ्नो भविष्य खोजिरहेका खेलाडीहरुलाई हौसला प्रदान गर्ने, सबलसक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादन गरि लम्की क्षेत्रलाई क्रिकेट नगरीका रुपमा परिचित गराउने मुल उद्देश्य सहित आयोजना गरिएको प्रतियोगीतामा यश क्षेत्रका १८ वडा टिमको सहभागीता रहेको छ ।

जसमा सफल सुदुरपश्चिम लम्की,क्याम्बृज बोर्डिङ स्कुल बलिया,उज्यालो शिक्षा सदन लम्की,पानसदिप लम्की,   सर्बोदय विद्या मन्दिर गप्का, कैलाली पब्लिक लम्की, स्यम्भुनाथ लम्की,  नाता एकेडेमी लम्की, पायनिर्य लम्की, कैलाली नेसनल मोतिपुर, सन्त निरंकारी टिकापुर, आर ए मि टिकापुर, नव बाल बाटिका बौनिया, जन जागृति चौरी, गणेशबाबा टिकापुर लगाएतका गरि १८ वटा टिमको सहभागी रहेको छ ।

शुक्रवारको उद्घाटन खेल क्याम्रीज ईङ्गलिस बोडिङ्ग स्कुल र उज्यालो शिक्षा सदन बिच भएको थियो जसमा उज्यालो माथी

क्याम्रीज ईङ्गलिस बोडिङ्ग स्कुल बलियाले जित दर्ता गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय २१,ट्रफी मेडल प्रमाण-पत्र,द्धितिय हुनेले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र, पुरस्कार प्राप्त गर्ने छन ।

शुक्रबारबाट(चैत्र १३ गते) सुरु भएको प्रतियोगिता यहि चैत्र २८ गते सम्म सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।