७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

कैलालीको लम्कीचुहा क्षेत्रमा सवारी दुर्घटना हुदा सडक बन्द,तोडफोड र आगजनी गर्न नपाईने

मंगल बास्काेटे
१३ चैत्र २०७७, शुक्रबार ०९:४६
121 Views

मंगल बास्कोटे
लम्की–१३चैत
कैलालीमा बढ्दो सवारी दुर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रणका लागी सरोकारवालाहरु बिच शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा बढ्दो सवारी दुर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रणका लागी ईलाका प्रहरी कार्यालय मोतिपुरको आयोजनामा शुक्रवार यस क्षेत्रका सरोकारवालाहरुका बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहको अध्यक्षमा आयोजित अन्तरक्रियाका कार्याक्रमका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई रहेका थिए ।

अन्तक्रिमा बोल्दै सरोकारवालहरुले दुर्घटना न्युनिकरणका लागी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नु पर्ने धारण ब्यक्त गरेका छन ।
साधुरो सडक,सर्वसाधारणामा ट्राफिक जनचेतनाको कमि,चालकको लपरबाहीका कारण सडक दुर्घटना बढीरहेको उनिहरुले बताएका छन । दुर्घटना न्युनिकरणका लागी सवारी चालकले ध्यान पु्¥याएर सवारी हाक्ने,पैदल यात्रीहरुले सडकमा हिड्दा तथा बाटो काद्दा दायाँबायाँ हेरेरमा मात्र हिड्ने र बाटो काट्ने,बेलाबेला ट्राफिक प्रहरी कार्यालयबाट सवारी चालक,पैदल यात्रीहरलाई ट्राफिक जनचेतना सम्बन्धी जानकारी गराउने तथा नियमन गर्ने, साघँुरो अवस्थामा रहेको पुर्वपश्चिम राजमार्ग पराकीलो तथा स्तरउन्नतीका लागी सरकारले काम गर्न सके दुर्घटना न्युनिकरण हुने कार्यक्रममा सहभागी सरोकारवाहरुले बताएका छन ।


चैत्र १० गते लम्की चौराहमा भएको सडक दुर्घटनाबाट मृत्यु भएकी कमला देबकोटाको बिषयलाई लिएर सबैले आफ्नो प्रतिक्रिया राखेका थिए । उक्त मृतक देबकोटाको शबलाई लिएर प्रहरी चौकी गई उदण्डा मच्चाउने क्रियाकलाप सरासर गलत भएको बताएका छन ।


लम्कीचुहा नगरपालिका क्षेत्रको शान्ती सुरक्षा र सवारी दुर्घटना न्यनिकरणका लागी सबैले बिभिन्न ७ हस्ताक्षर गर्दै कार्यन्वयनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

-लम्की क्षेत्रको शान्ती सुरक्षा तथा दुर्घटना न्यनिकरणका लागी लम्की बसपार्क र बजार क्षेत्रमा तत्काल सिसिटिभि क्यामरा जडान गर्ने । यसको ब्यवस्थापन लम्कीचुहा नगरपालिका र लम्की क्षेत्रमा सञ्चाली बैङ्कहरुबाट गरिने ।
– लम्कीचुहा नगरपालिका क्षेत्रमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रम जस्तै देउडा,होली लगाएतका कार्यक्रम शान्ती सुरक्षा तथा कोभिडका दृष्टिकोण ले रात्री समयमा बन्द गर्ने।
– यहि चैत्र १० गते लम्कीमा भएको सवारी दुर्घटनालाई लिएर ट्राफिक बिट,ट्राफिक आईलेन जलाउने तथा ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्दै तोडफोड गर्ने ब्यक्तीको पहिचान गरि नेपालको प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने ।
– लम्कीचुहा नगरपालिका क्षेत्र भित्र कुनै पनि सवारी दुर्घटना हुन गएमा क्षतिपुर्ति कानुन बमोजिम माग गर्ने सो बाहेक अन्य गतिबिधि जस्तै सडक बन्द,तोडफोड,आगजनी,उस्काहट गर्ने समुह तथा ब्यक्तीलाई तत्काल कानुनको दायरामा ल्याउने र त्यस्ता अराजग ब्यक्तीहरुलाई कोही कसैबाट पनि बचावटका लागी दबाब नदिने ।
– यही चैत्र १० गते लम्की चौराहामा भएको सवारी दुर्घटनालाई लिएर ईलाका प्रहरी कार्यालय लम्कीमा ढुङ्गामुढा प्रहार गर्दा आत्मरक्षाका लागी गरेको हवाई फायरबाट अचानक घाईते भएका ब्यक्तीहरुको संघिय सरकारबाट औषधी उपचार भईरहेको र आवश्यक परे स्थानीय सरकारले पनि औषधी उपचारको ब्यवस्था गर्ने ।
– लम्कीचुहा नगरपालिका भित्र रात्री समयमा हुने विवाह,भोज,ब्रतबन्ध तथा अन्य संस्कृतिक कार्यक्रमा डि.जे बजाउदा सामाजीक प्रतिकुल असर नपर्ने ग बजाउने सो बाहेक अन्यथा गरेमा कानुन बमोजिम कारबाही गरिने।
– लम्कीचुहा नगरपालिकाको चुहा देखी लम्की बहुमुखि क्याम्पस सम्म सवारी साधानहरु ४० कि.मि प्रतिघण्टाको गतिमा चलाउने र सबैले कार्यन्वयन गर्ने ।

अन्तरक्रिया कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमखु महादेब बजगाई, लम्कीचुहा नगरपािलका वडा नं.१ का वडा अध्यक्ष जनक बम,वडा नं.३ वडा वडाअध्यक्ष भक्त बहादुर चलाउने,वडा नं.४ का वडाअध्यक्ष लाल बहादुर बोगटी,वडा नं.५ का वडाअध्यक्ष माया बिष्ट,वडा नं.७ का वडाअध्यक्ष हरिराम चौधरी,वडा नं.९ का वडाअध्यक्ष राम प्रसाद चौधरी, ,नेकपा एमालेका दल बहादुर बिष्ट,नेकपा माओबादी (केन्द्र) का लाल बहादुर कुमाल, नेपाली काग्रेसका क्षेत्रीय सभापति भक्त बहादुर थापा,अपांङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक,नेपाली कांगे्रसका लम्कीचुहाका पार्टी सभापति राम बहादुर विष्ट, पीडितका पक्षबाट बोल्दै ईश्वरी देवकोटा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम राज चौलागाई शिक्षक, समाजसेविहरुको सहभागिता रहेको थियो ।