७ बैशाख २०७८, मंगलवार / Apr 20, 2021

चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको सांसद साउँदद्धारा उद्घाटन,प्रथम हुने टिमले नगद रु ८१ हजार पाउने ।

मंगल बास्काेटे
१४ चैत्र २०७७, शनिबार १२:३६
32 Views

लम्की–१४ चैत्र
कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा भईरहेको चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ भईरहेको चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नन्द बहादुर साउँद “राजेन्द्र“ले गरेका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य साउदले राष्ट्रको निर्माता युवा भएको बताएका छन । खेलकुदको माध्यमबाट खेलाडीहरुले आफ्नो क्षेत्र,जिल्ला हुदै सिङ्गो देशलाई नै बिश्वमा चिनाएको कुरा स्मरण गर्दै सांसद साउँदले भने,यस क्षेत्र र खेलकुद बिकासका निमित्त प्रदेश सरकारको बिभिन्न समयमा योगदान रहेको छ । प्रदेश सरकारले खेलकुदको बिकासका लागी प्रदेशका ३२ स्थानीय पालिकामा १ रंगशाला र खेलकुद गतिबिधी सहितको कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन । जिल्लामै क्षेत्रिय रंगशाला,फाप्ला क्रिकेट मैदान संगै खेलकुदका बिभिन्न आवश्यकताहरुलाई अगाडी बढाएको सांसद साउदले जानकारी दिए ।
गाउँपालिकामा सञ्चालन हुने यस्ता खेलकुद गतिबिधीहरुले सक्षम युवा उत्पादनमा टेवा पुग्ने भएको बर्दयोगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौराले बताएका छन । उनले भने जुन लक्ष्यका साथ प्रतियोगितामा सञ्चालन गरिएको छ त्यो अबश्य पनि पुरा हुने छ । प्रतियोगिताका लागी गाउँपालिकाबाट हुन सहयोगमा कुनै कसुर बाकी नराख्ने अध्यक्ष डगौराले बताए ।
देश निर्माणको अग्रपङ्तीमा रहेका युवाहरु अहिले बिभिन्न खालका कुलतमा फसेको रेखा निर्माण सेवा प्रा.लि का सञ्चालक जनक शाहीले बताएका छन । सामाजीक गतिबिधी भन्दा पनि युवाहरु बढी अराजक र दुव्र्यसनीमा लागेको हुदा यस्ता खेलकुद गतिबिधीले लगनशिल युवा बनाउन सक्ने उनले बताए ।
युवालाई खेलकुद गतिबिधीका लागी प्रोत्साहन र राष्ट्रलाई खेलकुद गतिबिधिकै माध्यमबाट चिनाउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको साईनिङ् स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसी बताएका छन । क्लबलाई यस क्षेत्रकै उत्कृष्ट क्लब बनाएर यो समाजमा रहेका बिभिन्न कुरिती कु–संस्कार र भ्रष्टाचार जस्ता सामाजीक दुर्गन्धलाई जरै देखी उखेलेर फाल्ने लक्ष्य रहेको उनले बताए ।
फागु पुर्णिमा होलिपर्बको अबसरमा आयोजीत भलिबल प्रतियोगितामा कार्यक्रममा बर्दयोरिया गाउँपालिका वडा नं.३ का वडाअध्यक्ष करने सुनार,बर्दगोरिया गाउपालिका न्यायपालिका सदस्य टंक ओली,वडासदस्य कोकिला खत्री,भलिबल प्रशिक्षक बिष्णु भाट,खेलकुद बिकास समितिका क्षेत्रिय उप–निर्देश सुदेश सागर जोशी,करातेका प्रशिक्षक केशब बडुवाल,रानीजरुवा सामुदायि बनका अध्यक्ष लाल सिह बि.क,लालीगुराँस सामुदायिक बनका अध्यक्ष भिम कँवर,सामाजसेवी तथा दानी मनऋषि आचार्य,न्यु ज्याती प्रा.बि प्रधानाध्यापक नवराज टमट्टा,न्य लालीगराँस बिद्युत सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपाने,के.के वाई.सि युवा क्लबका अध्यक्ष शितल बि.क लगाएतकाको सहभागिता रहेको थियो ।
देशभरका १६ वटा टिमको सहभागिता को प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ८१ हजार पाउने छ भने द्धितिय हुनेले रु ४५ हजार र तृतीयले रु २१ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने छ ।यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर ,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो लाई नगद रु २ हजार,बेस्ट प्लेयरलाई ३ हजार नगद,१ थान टि–सर्ट र अनुशासित टिमलाइ मायाको चिनो प्रदान गरिने गरिने छ।
चैत्र १५ गते उद्घाटन खेल आयोजक ए भर्सेस शान्ती मा.बि फलेबिसौना बिच हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिता उद्घाटन समारोहको सञ्चालन क्लबका महासचिब सुन्दर गौतमले गरेका हुन ।

 

Latest समाचार