७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन 

मंगल बास्काेटे
१७ चैत्र २०७७, मंगलवार ०५:४६
37 Views

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो। सोल्टा स्थित आफ्नै घरमा कुर्सीमा बसिरहेका अवस्थामा अचानक मुर्छित भएका अध्यक्ष रावललाई नजिकैको स्वास्थ्य चौकी लगीएको थियो । त्यहा निको नभए पछि सोही दिन नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको आफन्त जानकारी दिएका छन । कोहलपुरमा पनि उपचार सम्भब नभए पछि काठमाण्डौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटर कक्षमा उपचार भईरहेका अध्यक्ष रावलको आज निधन भएको स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।३ वर्ष देखि उच्च रक्तचाप र मधुमेह रोगको पीडित रहँदै आएका अध्यक्ष रावलको मस्तिष्कमा रक्तश्राव भएका कारण निधन भएको बताईएको छ।पञ्चायतकाल,बहुदल र गणतन्त्र शासन व्यवस्थामा समेत जनप्रतिनिधि रहेका रावल सुदुरपश्चिम कम्युनिष्ट आन्दोलनका एक ऐतिहासिक धरोहर ,सर्वहारा श्रमजीवी जनताको सेवामा जिवनभर समर्पित बामहरुका लागि अभिभावकका रुपमा मानिदै आएका ब्यक्ति हुन ।मोहन्याल गाउँपालिकामा सर्वमान्य नेताको रुपमा स्थापित रावलको निधनले पुरै मोहन्याल गाउँपालिका नै शोकमा डुबेको छ ।

Latest समाचार