५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीलाई ।

मंगल बास्काेटे
१९ चैत्र २०७७, बिहीबार ०५:०४
65 Views

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीले उचालेको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ् स्टार युवा क्लबको आयोजनामा सम्पन्न भएको चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगितामा प्रदेश प्रहरी गण धनगढीलाई पराजित गर्दै डल्फीन फिड्स लम्कीले उपाधि उचालेको हो ।

बुधवार निकै रोमाञ्चक र प्रतिस्पार्धामा भएको फाईनल खेलमा प्रदेश प्रहरी गण धनगढीलाई ३–१ को सेटमा पराजित गर्दै डल्फीन फिड्स लम्की प्रतियोगिताको प्रथम बन्न सफल भएको छ । प्रथम भए संगै डल्फीन फिड्स लम्कीले नगद रु. ८१ हजार आफ्नो पोल्टामा पारेको छ भने निकै कडा मेहनतका बाबजुद डल्फीन फिड्स लम्की संग पराजित भएर द्धतियमा चित्त बुझाएको प्रदेश प्रहरी गण धनगढीले नगद रु रु. ४५ हजार पाएको छ । यस्तै तृतीयमा सिमित भएका चिसापनि एडभेन्चर एण्ड रिसोर्टले रु. २१ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।


“राष्ट्रको शान खेलकुद बिकासको अभियान” भन्ने मुल नाराका साथ चैत्र १४ गते शनिवार साइनिङ स्टार युवा क्ल्वको आयोजनामा फागु पुर्णिमा होलीको अवसर पारी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा देशभरका १६ वटा टिमको सहभागिता रहेको थियो ।


बुधवार औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमका बिच समापन गरिएको छ । साईनिङ् स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीको अध्यक्षतामा आयोजित प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिति बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए । कार्यक्रमको बिशिष्ट अथितिमा वडा नं.३ का वडाअध्यक्ष करने सुनार,रेखा निर्माण सेवा प्रा.लि का सञ्चालक जनक शाही रहेका थिए ।