७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने ।

मंगल बास्काेटे
१९ चैत्र २०७७, बिहीबार १२:०७
22 Views

रंगप्रसाद तिमिल्सैना
लम्की–१९ चैत्र
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेको हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाको आयोजनामा ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि शुक्रबार लम्कीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो ।
सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सम्पुर्ण रक्तदाताहरुलाई रक्तदान गरि सहयोग गरिदिनहुन समेत आग्रह गरेको छ ।
रक्तदान कार्यक्रममा लम्की क्षेत्रबाट करिब एकसय बीस पिन्ट भन्दा बढी रगत संकलन हुने अनुमान गरिएको संस्थाका कार्यालय प्रमुख इन्द्र ढकालले जानकारी दिनुभएको छ ।
विद्युत सेवा संचालनका साथै कर्जा तथा ऋण समेतको कारोबार समेत संचालन गरिरहेको सहकारीले विभिन्न सामाजिक सेवाका क्षेत्रमा पनि काम गरिरहेको संस्थाका अध्यक्ष मकर बिष्टले बताउनुभयो ।
अमेरिकी सरकारको सहयोगमा एघार करोडको लगानीमा धनगढीमा प्रादेशिक रक्तसञ्चार केन्द्रको रुपमा स्तर उन्नति हुन लागेको रक्तसञ्चार केन्द्र संचालनका लागि सम्पुर्ण संघ संस्थाहरुले आ आफ्नो विभिन्न दिवस, वार्षिकोत्सब लगायतका अवसरमा रक्तदान गरि सहयोग गरिदिनुहुन नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले अनुरोध गर्नुभएको छ ।
सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेकोमा सभापति तिमिल्सैनाले सहकारी संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।