७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

सहकारी दिवसको अवसरमा लम्कीमा रक्तदान कार्यक्रम सम्पन्न ,एक सय अठार पिन्ट रगत संकलन ।

मंगल बास्काेटे
२० चैत्र २०७७, शुक्रबार १२:०३
27 Views

रंगप्रसाद तिमिल्सैना
लम्की/ चैत्र २०
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेको हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाको आयोजनामा सहकारी दिवसको अवसरमा आज लम्कीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नारा सहित ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष मकर बिष्टको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको सुदूरपश्चिम प्रदेशका माननीय सांसद रतन बहादुर थापाले रक्तदान गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा एक सय अठार पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको सहकारी संस्थाका सचीव दीपक पुनले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सभा सदस्य माननीय थापाले रक्तदान जस्तो महान कार्यमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै रगतको बिकल्प अरु केहीपनी नभएकोले सबैले रक्तदान गर्नुपर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रममा क्युपेक नेपाल लम्कीचुहा, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कर्मचारी, विभिन्न सहकारी संस्थामा आवद्ध सहकारीकर्मी , रेडक्रसकर्मी , युवा , विद्यार्थी तथा रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाका कार्यालय प्रमुख इन्द्र ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव दीपक पुनले गर्नुभएको थियो ।
अमेरिकी सरकारको सहयोगमा एघार करोडको लगानीमा धनगढीमा प्रादेशिक रक्तसञ्चार केन्द्रको रुपमा स्तर उन्नति हुन लागेको रक्तसञ्चार केन्द्र संचालनका लागि रगतको अभाव भैरहेको अवस्थामा आज लम्कीबाट संकलन भएको रगतले बिरामीहरुलाई रगत आपूर्तिमा सहज हुने नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख धरणीप्रसाद पन्तले बताउनुभयो ।