१० बैशाख २०७८, शुक्रबार / Apr 23, 2021

बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न ।(यस्ता छन बिधुत सहकारीले गरेका कामहरु)

मंगल बास्काेटे
२१ चैत्र २०७७, शनिबार ११:०९
37 Views

बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ भुरुवामा रहेको सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । विधुत सहकारी संस्थाका अध्यक्ष बुद्दिमान जैसी”वसन्त”को अध्यक्षतामा सन्चालन भएको १४ औ वार्षिक साधारण सभाका प्रमुख अथिती सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सचिवालय सदस्य नेत्र प्रसाद खनाल रहेका थिए ।कार्यक्रमका विशिष्ट अथिती नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र लम्की बितरण केन्द्रका प्रमुख दिपक राज जोशी रहेका थिए ।अथितीमा बालकल्याण मा.बि का अध्यक्ष गिता गड्तौला,जनकल्याण सामुदायिक बनका अध्यक्ष पदम राज न्यौपाने,समाजसेवी टेक राज कठायत,नगर प्रमुखको सचिवालय प्रमुख धनन्जय न्यौपाने ,सामाजिक ब्याक्तित्व बिष्ण प्रसाद खनाल लगाएता रहेका थिए ।
कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वसन्त जैसीले बिधुत सहकारी संस्था सधै घाटमा मात्र जान्छ भन्ने संकिण सोचको अन्त्य आफ्नै कार्यकालमा गर्न सफल भएको बताएका छ । बिगतमा निकै अस्तब्यस्त अवस्थामा रहेको सहकारी संस्थालाई आफू आए पछि ब्यवास्थित गर्न सफल भएको बताएका छन । उनले भने
स्थापनाकालमा ४७४ शेयर सदस्य हुदा खडा गरिएका भौतीक विधुतीय संरचना म नेतृत्वको कार्यसमिति आउदा जिर्ण र जर्जर बनीसकेका थिए । कयौ स्थानमा काठका पोलहरु कुहीएर ढल्नै लागेकोले सेता तारहरु जरमीतमा लत्रीदा अत्यन्तै जोखीमपूर्ण अवस्था थिए। विभिन्न टोलहरुमा नया वस्तीहरु वनीसकेका थिए तर ति बस्तीमा थप लाईन विस्तार गरिएको थिएन यसको ब्यवस्थापन हाम्रो कार्यकालमा पूरा भयो ।उनले भने त्यो संङ्गै सहकारी संग उता विधुत प्रधिकरणमा सस्थाले तिर्नुपर्ने महसूल रकम मात्रै हैन समयमा भुक्तानी नगरेका कारण प्राधिकरणले चकों व्याज सस्थाको नामामा जोड्दै गईरहेको थियो । यसको समाधानका निमित्त स्पष्ट बिधुत चुहावट गरेर सो ऋण तिर्न सफल भएको बताए ।
उनले भने लम्कीचुहा नगरपालिकाको आर्थिक सहयोगमा निक कम्पनीको १०० के भि.ए. १ थान ट्रान्सफर्मर लाइन विस्तार गर्ने क्रममा ३८ वटा ८ मिटर पोल थप गरी ३ किलोमिटर लाईन विस्तार गरिएकोछ ।सरस्वती टोल ईट्टा भट्टा सडक, बलकल्याण टोल,कुन्टीखेत, गिरी टोल, वल बहादुर बुढाथोकीको घर दखी दक्षीण वाटो, टमट्टा टोल पश्चिम भुरुवा,राजिपुर टोल शिवराज संज्यालको घर नजिक तिल्केनी तिलक गड्तोलाको घर पश्चिम टिकापुरेको घर सम्म, कबर्ड हल शिविर क्षेत्र, लोकेस खनालको घर पश्चिम तर्फ गरी जम्मा ९ स्थानमा नया लाईन विस्तार तथा मर्मत कार्य सम्पन्न भएकोछ ।
बाटो घाटोमा अध्यारोका कारण विभिन्न खाले घटना घटीरहेको बारे मध्यनजर गर्दै २०७५ सालदेखी हाल सम्म संस्था आफ्नै लगानी र वडा कार्यालयको समेत अनुदानमा यस संस्थाको सेवा क्षेत्र भित्र जम्मा ३८८ वटा सडक बत्ति जडान कार्य सम्पन्न भएकोछ । हाल सबै सडक बत्ति चालु अवस्थामा रहेकाछन् ।कार्यालय हर हिसाब चुस्त दुरुस्त र पारदर्सी राख्न २ थान कम्प्युटर र १ थान प्रीन्टर खरिद गरी सफ़्टवयेर ৭ ट कार्यालयको हर हिसाब व्ववस्थति गर्ने कार्य सुरुवात गरिएकोछ ।
जनताको प्रत्येक्ष लगानीमा नेपालमा सफल भनेको सहकारी सस्था र बन भएको सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सचिवाल सदस्य तथा कार्यक्रमका प्रमुख अथिती नेत्र प्रसाद खनालले बताएका छ्न ।बिधुत सहकारी संस्थाले जनताका सामाजिक उत्तरदायित्वकामा कुनै कसुर बाकी नराखी जनताको मन छुने काम गरेको भन्दै खुसी ब्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अथिती खनालने भने यो सहकारी संस्था बिगतमा निकै दयनीय अवस्थामा थियो ,जस्तै जनताका घरमा बिधुत पुर्याउन लाग्ने निकै असुरक्षित खालका काठ पोल थिए। उनले थपे काठका पोल मुनि लछारिएका बिधुत तारले आजित भएका जनताका लागि वसन्त जैसि नेत्तृत्वको कार्य समितिले समाधान गरेर आफ्नो दायित्वको काम गर्न सफल भएको बताए। कार्यक्रममा बोल्दै खनालले भने यो चुनबी साधारण सभा हो ,जसमा पुरै कार्य समिती परिवर्तन हुन्छ,यति बेला फेरि बिधुत सहकारीका लागि नया नितृत्व नयन गर्ने बेला भएको छ । तर यदि सहकारीको हित र जनताका लागि बिधुत सम्बन्धि सबै कुराको सहजता चाहाने हो भने अझै पनि वसन्त जैसी नेतृत्वलाई ल्याउनु पर्ने उनले बताएका छन ।
२०६३ मा स्थापना भएको सहकारी संस्थाका ९सय ८ जनता शेयर सदस्य रहेका छन । १४ औ बार्षिक साधारण सभाका बिच बिधुत सहकारी संस्थाको आर्थिक बर्ष २०७६/७७ को ५३ लाख१५ हजार ६ सय ८६ रुपैया बराबरको आयब्याय प्रस्तुत गरिएको थियो ।
सहकारी संस्थाका सदस्य राधिका भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भरत खनालले गरेका थिए।

Latest समाचार