कैलाली । बर्दिया जिल्लाको मधुवन नगरपालिका –८ स्थित गणेश सामुदायिक बनमा भेटिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।बिहीबार राति लोड गरेर छाडेको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।सामुदायिक वनमा कार्यरत चौकीदारले दिएको सुराकका आधारमा प्रहरीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद बरामद गरेको छ ।
रातोपाटी बाट सभार