१९ बैशाख २०७८, आईतवार / May 2, 2021

पुर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारको कुम्भ मेलामा सारिक,भारतमा यसरी भयो पुर्वराजाको स्वागत

मंगल बास्काेटे
२९ चैत्र २०७७, आईतवार ११:४५
19 Views

हरिद्वार,भारत
नेपालका पुर्व राजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा सन्चालित कुम्भ मेलामा सारिक भएका छन ।भारत धार्मिक क्षेत्रको भ्रमणमा रहेका पुर्वराजा शाह आज उत्तराखण्डको हरिद्वारमा प्रत्येक १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा सारिक भएका हुन ।
मेला आयोजक समितीले पुर्व राजा शाहको निकै भब्य रुपमा स्वागत गरेको छ । स्वागत तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका पुर्व राजा शाहले नेपालमा बाह्य दबाब,प्रलोभन र सास्कृतिक आक्रमणका कारण सनातनिय संस्कारमा ह्रास आएको बताएका छन । विभिन्न खराब प्रलोभनका कारण पूर्वीय दर्शन हिन्दु धर्म संकटमा परेकाले धर्म,संस्कृतिको रक्षा,मठ मन्दिर, देवस्थल र धामहरूको विकासमा आफु लाग्ने उनले बताए ।
पुर्व राजा शाहको हेलिकप्टरबाट फुस्पगुच्छा फालेर हरिद्वारको सिद्दपिठ दक्षिणकाली मन्दिर परिसरमा स्वागत गरिएको थियो ।
पुर्व राजाको धार्मिक भ्रमणले नेपाल र भारत बिच देखिएको धमिलो सम्बन्ध अन्त्य हुने हरिद्वार मन्दिर परिसरका मुख्य स्वामी आचार्य कैलाश नन्द गिरि जि महाराजले बिश्वास ब्यक्त गरेका छन ।
संबिधानमा नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि आफ्नो नजरमा अझै बिश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल नै भएको उनले दाबी गरेका छन।
कार्यक्रममा बोल्ने अधिकांश सन्तहरुले नेपाललाई जुन सुकै हालतमा हिन्दु राष्ट बनाउनु पर्ने बताएका छन । हिन्दु राष्ट्र निर्माण र नेपालामा राजा आउनु पर्छ भन्दै सबैले शुभकामना ब्यक्त गरेका थिए ।

Latest समाचार