४ कार्तिक २०७८, बिहीबार / Oct 21, 2021

एमाले प्रवेश गरेकालाई नेकपा माओबादी(केन्द्र)लम्कीचुहाद्धारा स्पष्टीकरण दिन निर्देशन : बिद्यान सम्मत जावफ नदिए कारवाही गर्ने चेतावनी ।

मंगल बास्काेटे
३ बैशाख २०७८, शुक्रबार १२:४३
102 Views

कैलालीमा नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र) ले पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन गरेको छ । नेकपा माओवादी(केन्द्र) लम्कीचुहा नगरकमिटीको आयोजनामा भएको बिस्तारित बैठकले बिभिन्न बुदामा निर्णय गर्दै पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई ७ दिन पार्टी बिद्यान सम्मत रहेर स्पष्टीकरण दिन निर्देशन गरेको हो । यदि ७ दिन पार्टिको बिद्यान सम्मत रहेर चित्त बुझ्दो जवाफ नदिएको खण्डमा पार्टीले कारवाही गर्ने बिस्तारित बैठकका बिच निर्णय गरिएको छ ।


त्यस्तै अबको एक हप्तामा नगरका प्रत्येक वडाहरुमा बिस्तारित बैठक सम्पन्न गर्ने,कार्यकर्ताहरुको अभिलेखीरण गरि लिपिबद्ध गर्ने,जन बर्गिय संगठन बिस्तार गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको छ ।
शुक्रवार लम्की स्थित होटल मनहोरमा लम्कीचुहा नगर कमिटि सचिव लाल बहादुर कुमालको अध्यक्षतामा सुरु भएको नगर बिस्तारित बैठकमा नेकपा माओवादी(केन्द्र) का केन्दीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज रुपा चौधरी प्रमुख अथिति रहेका थिए ।

बैठकमा नेकपा माओवादी(केन्द्र) का बरिष्ठ नेता अगस्त अधिकारी,मिन बहादुर सोपप्रदेश कमिटि सदस्य दुर्गा बडुवाल “हेमन”,कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन”,कैलाली कमिटी सचिवालय सदस्य तथा लम्कीचुहा नगर ईन्चार्ज रतन सुनार,जिल्ला कमिटी सदस्य माया बिष्ट,बिमला सिङ,अजय ढकाल,जानकी सिङ,बरिष्ठ नेता झपट बि.क,गिता गड्तोला,माया शाह,शिक्षक संगठनका प्रदेश सदस्य प्रताप थापा,जिल्ला सदस्य शिब बहादुर थापा लगाएत नगरका प्रत्येक वडाबाट नेता तथा कार्यकर्ताहरुको सहभागिताहरुको सहभागिता रहेको थियो ।बैठकको सञ्चालन नगर कमिटि सचिवाय सदस्य कमल भुलले गरेका थिए ।


बैठकका बिच बिभिन्न निर्वाचनमा निर्वाचित भएका २ जनालाई पार्टीले सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखामा अत्यधिक बहुमतका साथ उपाध्यक्षमा निर्वाचित भएका प्रेस सेन्टर नेपालका कैलाली अध्यक्ष हरिश बि.क ,बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थाको निर्वाचनमा सदस्य पदमा बिजयी राधीक भण्डारीलाई सम्मान गरिएको थियो ।