७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

नेकपा माओबादी (केन्द्र) को बिस्तारित बैठक कैलालीको लम्कीमा सुरु

मंगल बास्काेटे
३ बैशाख २०७८, शुक्रबार ०८:४२
53 Views

कैलालीमा नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र) को बिस्तारीत बैठक सुरु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका स्तरीय बिस्तारित बैठक शुक्रवार लम्की स्थित होटल मनहोरमा सुरु भएको हो ।

नेकपा माओवादी(केन्द्र) लम्कीचुहा नगरकमिटीको आयोजानामा भईरहेको बैठकमा माओबादी केन्द्रका केन्दीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज रुपा चौधरी,प्रदेश सदस्य दुर्गा बडुवाल “हेमन”,कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन”,

कैलाली कमिटी सचिवालय सदस्य तथा लम्कीचुहा नगर ईन्चार्ज रतन सुनार,जिल्ला कमिटी सदस्य माया बिष्ट,बिमला सिङ,अजय ढकाल, जानकी सिङ,लम्कीचुहा नगर अध्यक्ष लाल बहादुर कुमाल लगाएत लम्कीचुहा नगरपालिकाका बिभिन्न वडाका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रशिक्षण,निर्देशन,पार्टी कमिटी बिस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताईएको छ ।