२१ बैशाख २०७८, मंगलवार / May 4, 2021

सहज युवा क्लबले ग¥यो संस्कृतिको जगेर्नाका लागी बृहत देउडा कार्यक्रम ।

मंगल बास्काेटे
३ बैशाख २०७८, शुक्रबार १०:३७
29 Views

कैलालीको लम्कीचुहा नगरपालिकामा बृहत देउडा कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुहा नगरपालिका वडा नं.५ चौरीमा सहज युवा क्लबको आयोजानमा संस्कृतिको जगेर्नाका लागी बृहत देउडा कार्यक्रमको आयोजान गरिएको हो । सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा भएको बृहत देउडा कार्यक्रमका प्रमुख अथिति लम्कीचुहा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष माया बिष्ट रहनु भएको थियो ।

 

 

 

 

 

कार्यक्रमका बिशिष्ट अथितिमा साबिक बलिया गा.बि.स का अध्यक्ष तथा मोहानलाल सामुदायिक बन नगर उद्यानका अध्यक्ष बखत बहादुर बिष्ट अथितिमा वडा सदस्य भक्त बहादुर बुढा,समाजसेबि रतन सुनार,केशब कार्की,कमल बहादुर बटाला,बृष बहादुर बटाला, ,रण बहादुर सिजापति लगाएतका रहनु भएको थियो ।

स्थानिय क्षेत्रमा उत्पादित बस्तुका बजारिकरणका निमित्त हाटबजार सञ्चालन र दक्षिणी संस्कृतिका कारण ओझेलमा पर्न थालेको सुदुर तथा मध्पश्चिमको संस्कृति देउडाको संरक्षणका निमित्त कार्यक्रमो आयोजना गरिएको क्लबका अध्यक्ष पदम बहादुर तिरुवाले जानकारी दिएका छन ।
कार्याक्रमका बोल्दै लम्कीचुहा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष मया बिष्टले संस्कृतिको संरक्षणका लागी स्थानिय सरकारबाट हुन सक्ने सहयोगमा कुनै कसु्र बाकी नराख्ने बताएका छन । बिशेष गरि देउडा सञ्चालनका लागी आवश्यक तथा पायक पर्ने स्थानको ब्यवस्थापन र हाटबजारको बिकास गर्न आवश्यक पर्ने पुर्वाधारका लागी वडाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.५ को प्रयोजनमा गरिएको बृहत देउडाका उद्घाटन कार्यक्रमकको स्वागत मन्तब्य कार्यक्रम संयोजक कमाने बि.क ले गर्नु भएको थियो ।


देउडा कार्यक्रममा चर्चित देउडा गायक प्रकास शाह, लाल मणि देबकोटा,निर्माला शाही लगाएतको बेजोड प्रस्तुति रहेको थियो । अब देखी लम्कीचुहा नगरपालिका वडा नं.५ चौरी जंगल छेउमा प्रत्येक हप्ताको बिहिवारका दिन देउडा कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक कमाने बि.क ले जानकारी दिएका छन ।

Latest समाचार