७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

भजनी नगरपालिकामा मेलमिलाप केन्द्रको नगर स्तरिय समिति गठन

मंगल बास्काेटे
७ बैशाख २०७८, मंगलवार ०८:४६
22 Views

खेम राज पाण्डे
भजनी ७ बैशाख
कैलालीको भजनी नगरपालिकामा मेलमिलाप केन्द्रको नगर स्तरिय समितिको गठन भएको छ। भजनी नगर उपप्रमुख तथा न्यायक समिती संयोजक छाया देवकोटाको अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शेर बहादुर चौधरी रहेका थिए भने अतिथिमा भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंह , अधिकृत हरिराम चौधरी, ईलाका प्रहरी कार्यालय भजनी प्रमुख नर बहादुर साउद, न्यायक समिति सदस्य टीका राम भण्डारी र शिव कुमार चौधरी लगाएतको उपस्थित रहेको थियो। नगर स्तरिय मेलमिलाप समितीको संयोजकमा जगत विक, उपसंयोजक सुस्मिता साउद,सदस्यहरुमा क्रमश खेमराज पाण्डेय, राजेन्द्र खनाल र बेफना चौधरी रहेका छन्।भने वडा स्तरिय मेलमिलाप समितीको संयोजक क्रमश वडा १कविता शाह, वडा नं २वीरेन्द्र बुढा , वडा नं ३राजारामचौधरी, वडा नं ४रुपेश चौधरी वडा नं ५निर्मला साउद, वडा नं ६चम्फा चौधरी, वडा न ७ रामधान लोनिया, वडा नं ८गुरु प्रसाद चौधरी र वडा नं ९मा लायक राम चौधरी चयन गरिएको छ।उक्त कार्यक्रमको। सञ्चालन चिरन्जीवी उपाध्याय गर्नु भएको थियो।