२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

कैलालीको भजनीमा नवनिर्मित दुई कोठे भवनको उद्घाघटन

मंगल बास्काेटे
९ बैशाख २०७८, बिहीबार ०९:१७
17 Views

भजनी ९ वैशाख
खेमराज पाण्डेय
कैलालीको भजनीमा दुई कोठे भवनको उद्घाघटन गरिएको छ। बालबालिका तथा महिला कल्याण केंद्र जोशीपुर ६ सिमारीको आर्थिक प्राबिधिक तथा भजनी नगरपालिका को समन्वय मा नव निर्तित भवन एक कार्यक्रमका बीच उद्वाघटन गरीएको थियो। कार्यक्रमको अध्यक्षता जितेन्द्र चौधरीले गरेका थिए।उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगर प्रमुख शेर बहादुर चौधरी रहेका थिए भने उक्त कार्यक्रमका विशिष्ट अतिथि भजनी नगरपालिका वडा नं २का वडा अध्यक्ष दुर्गा पुन रहेका थिए। उक्त कार्यक्रमका अतिथिमा वडा सदस्य रेखा कामी, समाजसेबी विजय राज श्रेष्ठ, अर्जुन सोप,खुम बहादुर खड्का र भलमंसा लगाएतको उपस्थित रहेको थियो। भजनी वडा नं २मा निर्माण गरिएको छ।उक्त भवनको निर्माण लागत ११लाख बराबरमा दुई कोठे भवन,चर्पी र धारा निर्माण गरिएको छ।भवनबाट प्राथामिक सेन्टरको (मातृशिशु प्राथामिक स्वास्थको )रूपमा रहने बताएको छ।कार्यक्रमकाे स्वागत मन्तब्य कार्यक्रम संयोजक पूजा चौधरीले गरेकी थिइन् भने उक्त कार्यक्रमका संचालक इन्द्र विकले गरेका थिए।

Latest समाचार